Shittalpati
तानसेनमा अमरनारायण रथयात्रा निकालियो
तानसेनमा अमरनारायण रथयात्रा निकालियो जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष आइतबार निकालिएको हो ।
हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी
हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’
निवर्तमान नगर प्रमुख र उप–प्रमुख नेकपा एसमा प्रवेश
निवर्तमान नगर प्रमुख र उप–प्रमुख नेकपा एसमा प्रवेश तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका उनीहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गरेका हुन् ।
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा शनिबार पाल्पाको तानसेनमा विजयी उत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा मनाइएको छ । नेपाल अंग्रज युद्धसँग जोडिएको र वीरताको प्रतिकका रुपमा प्रत्येक वर्ष मनाइने श्री ७ रणउज्जेश्वरी भगवति जात्रा हर्सोउल्लासका साथ मनाइएको हो ।
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको तानसेन गुठी तानसेन शाखाले छात्रवृत्ति, पुरस्कार, स्वास्थ्य उपचार खर्च र सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग गरेको छ । गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार, आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च र तानसेनमा सञ्चालन...
तानसेनमा जात्रा हेर्न आउनेलाई सडकमै पानी
तानसेनमा जात्रा हेर्न आउनेलाई सडकमै पानी सामाजिक सेवामा क्रियाशिल रहेका पाल्पाका लायन्स क्लव र रोट्रयाक क्लवहरुले ऐतिहासिक भगवती जात्रा हेर्न आउनेहरुका लागि पानी सहयोग गरेका छन् । शनिबार भगवती जात्रा हेर्न आएका जात्रालुहरुलाई लायन्स क्लव अफ पाल्पा, लियो क्लव अफ पाल्पा दोस्रो, लियो क्लव अफ एलएमसी र रोट्रयाक क्लव अफ पाल्पा तानसेनले तानसेनको हुलाकचोकमा निः शुल्क...
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेशनमा उपचार गराइरहेका दुई जनाको शनिबार ज्यान गएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ११ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज तानसेनमा ऐतिहासिक भगवती जात्रा
आज तानसेनमा ऐतिहासिक भगवती जात्रा नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) मनाइँदै छ । यहाँ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ ।
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइंदैं
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइंदैं श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ ...
मंसिर २३ भित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने
मंसिर २३ भित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने देशभरका सबै स्थानीय सरकारहरुले मंसिर २३ गतेभित्र जग्गाको वर्गीकरण गरिसक्नु पर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गर्न परिपत्र गरेकाले समयमै वर्गीकरण गर्नुपर्ने भएको हो ।
८ सय ५२ नयाँ संक्रमित थपिए
८ सय ५२ नयाँ संक्रमित थपिए पछिल्लो २४ घण्टामा ८ सय ५२ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित नेपाली काँंग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।
Weather Update