लौ गल्ती गरियो : काँग्रेस
बुधबार, पुस ४, २०८०
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण
बुधबार, पुस ४, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान
बुधबार, पुस ४, २०८०
पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
बुधबार, पुस ४, २०८०
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।
किसान परिचयपत्र उपलब्ध गराउन माग
बुधबार, पुस ४, २०८०
इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।
छोरी जन्मिए बैंक खातामा पाँच हजार
बुधबार, पुस ४, २०८०
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी उसले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस
बुधबार, पुस ४, २०८०
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ ।
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बुधबार, पुस ४, २०८०
बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए ।
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
मंगलबार, पुस ३, २०८०
लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
सोमबार, पुस २, २०८०
कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
सोमबार, पुस २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, पुस २, २०८०
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज
सोमबार, पुस २, २०८०
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ ।


