भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान
शुक्रबार, पुस ८, २०७९

प्रतिनिधिसभाका सांसदले लिए शपथ
बिहीबार, पुस ७, २०७९
तिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजित समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।

काँग्रेस संसदीय दलको नेतामा देउवा
बुधबार, पुस ६, २०७९
काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।

काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी
मंगलबार, पुस ५, २०७९
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
.jpg)
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
मंगलबार, पुस ५, २०७९
नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।

पाल्पा एमालेको निर्वाचन समीक्षा
मंगलबार, पुस ५, २०७९
नेकपा एमाले पाल्पाले पनि निर्वाचन समीक्षा गरेको छ । एमालेले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा एमालेका दशवटै पालिकाका प्रमुखहरुले निर्वाचनका विषयमा जानकारी गराएका थिए । उनीहरुले आ–आफ्नो पालिकामा एमालेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र निर्वाचनको अवस्थामा विषयमा पार्टी नेतृत्वलाई...

काँंग्रेस ससंदीय दलको निर्वाचन बुधबार
सोमबार, पुस ४, २०७९
काँग्रेसमा संसदीय दलको नेता चयनका लागि बुधबार अर्थात् पुस ६ गते निर्वाचन हुने भएको छ । काँग्रेस निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि पुुस ६ निर्वाचन गर्ने भएको हो ।

पाल्पा काँग्रेसले गर्याे निर्वाचनको समीक्षा
आइतबार, पुस ३, २०७९
नेपाली काँग्रेस पाल्पाले निर्वाचनको समीक्षा गरेको छ । काँग्रेसले मंसिर ४ गते भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका विषयमा आइतबार व्यापक समीक्षा गरेको हो ।

लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत
शनिबार, पुस २, २०७९
लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत भएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड (कुल सदरमतको ३ प्रतिशत) नकटाउने २२ दलको जमानत जफत भएको हो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ
बुधबार, मंसिर २८, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।

एमालेबाट समानुपातिकमा ३४ सांसद छानिए
शनिबार, मंसिर २४, २०७९
नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो ।

काँग्रेसले टुंग्यायो समानुपातिक सांसद
शनिबार, मंसिर २४, २०७९
नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक कोटामा ३२ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको नाम टुङ्गो लगाएका हुन् ।

लुम्बिनी प्रदेशमा एमाले पहिलो
शनिबार, मंसिर २४, २०७९
लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ५२ सिटमध्ये १८ र प्रतिनिधिसभा तर्फका २६ सिटमध्ये ११ सिट जितेर एमाले प्रदेशमा पहिलो दल बनेको हो ।