Shittalpati
रम्भादेवीमा सांस्कृतिक महोत्सव हुने
रम्भादेवीमा सांस्कृतिक महोत्सव हुने जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा भव्य सांस्कृतिक महोत्सव हुने भएको छ । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा आगामी भदौ १० गते कृष्ण जन्माष्टमीको दिन महोत्सव हुन लागेको हो ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने  देशभर मनसुनी वायुको प्रभाव रहेको र  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।
आज भू–संरक्षण दिवस मनाइँदैं
आज भू–संरक्षण दिवस मनाइँदैं आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता
बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 
पहिरोमा ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार
पहिरोमा ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१  बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कर गरिएको हो ।
आज पनि देशभर वर्षा हुने पूर्वानुमान
आज पनि देशभर वर्षा हुने पूर्वानुमान हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा आगामी भदौ ११ गते  निकालिने भएको छ । विरताको गाथा बोकेको तानसेनको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २ सय ५ औं भगवती रथयात्रा निकाल्ने तयारी भएको हो ।
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले अनुजा शाही स्मृति कोष स्थापना गरिएको छ ।
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु जिल्लाको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मंगलबार विहानैदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो घर पुरिदा मुसिकोट नगरपालिका वडा– १ बिसौनामा चार जनाकाखे मृत्यु भएको हो ।
आज देशभर वर्षा हुने
आज देशभर वर्षा हुने हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन...
पाल्पासहित देशभरका शिवालयमा घुइँचो
पाल्पासहित देशभरका शिवालयमा घुइँचो साउनको तेस्रो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।
भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै
भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
Weather Update