Shittalpati
पाल्पा टेक्निकल इन्स्टिच्युटले ल्यायो नयाँ कार्यक्रम

कृष्ण पोखरेल
पाल्पा, स्वास्थ्य क्षेत्रमा पठन– पाठन गराउँदै आएको पाल्पा टेक्निकल इन्स्टिच्युटले यही वर्षदेखी नयाँ विधाका कार्यक्रमहरु अध्यायपन गराउने भएको छ । संस्थाले चालु आर्थिक बर्षबाटै ३ बर्षे एच. ए, सि.एम. एल.टी. र फिजियो थेरापी विषयहरु अध्यायपनका लागि सिटिइभिटीले स्वीकृत प्रदान गरेको जनाएको छ । संस्थाले बिहीबार कार्यालयमै पत्रकार सम्मेलन गरी विगतमा सञ्चालन गरेका अनमी, सिएमए, ल्यावको स्तरउन्नती स्वरुप स्वास्थ्यका यी नयाँ विषयवस्तुमा पठन–पाठन गराउन लागेको संस्थाका प्रिन्सिपल त्रिलोचन पौडेलले जानकारी दिए ।

३ वर्षे एच. ए. कोर्षका लागि सिटिइभिटीले ४ लाख ६ हजार रुपैयाँ, सि.एम. एल.टी. कोर्षका लागि ३ लाख ९० हजार र फिजियोथेरापी कोर्षका लागि ३ लाख ९० हजार शुल्क निर्धारण गरेको छ । प्रत्येक कोर्षमा ४० जना विद्यार्थीहरुले भर्ना हुन पाउने छन् । जसमा ४ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने व्यवस्था रहेको प्रिन्सिपल पौडेलले बताए । एसईईमा २ जिपिए प्राप्त गरेका र अंग्रेजी, विज्ञान र गणितमा सी ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले अध्ययन गर्ने व्यवस्था सिटिइभिटीले निर्धारण गरेको प्रिन्सिपल पौडेलले जानकारी दिए । अनलाईन प्रविधीबाट अध्ययनका लागि फारम भर्न मिल्ने र सिटिइभिटीले नै परीक्षा लिने व्यबस्था रहेको उनले बताए । विषयबस्तु नयाँ भए पनि पठन–पाठनको लागि दक्ष तथा अनुभवी शिक्षक रहेको, भौतिक पूर्वाधारको पूर्ण सुविधा रहेको, उच्चस्तरीय ल्यावको व्यवस्था रहेको, महिलाहरुलाई होस्टेलको व्यवस्था गरिएको प्रिन्सिपल पौडेलले बताए । २०५२ साल देखी पाल्पामा स्वास्थ्य विषयबस्तु पठन–पाठन गराउँदै आएको पिटिआइ पाल्पाले ढाई वर्षे अहेवमा ४० जना, सिएमएमा १ हजार ८० जना, अनमीमा १ हजार र ल्याव असिस्टेन्टमा ८ सय जना जनशक्ति उत्पादन गरेको संस्थाका कार्यवाहक अध्यक्ष बुद्धि प्रसाद शर्माले बताए । संस्थाले यो भन्दा टि एस.एल.सी लेवलका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएकोमा सिटिइभिटीले स्तरउन्नतीका लागि २ शैक्षिक सत्र बन्द गरी एसईई पास गरेका पिसिएल लेवलको स्वास्थ्य कार्यक्रमका लागि देशभरीबाट ६४ वटा संस्थालाई अनुमती प्रदान गरेको हो । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले पिटिआइले विगतदेखी नै गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रिस्तरको पुरस्कार समेत पाएकाले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई ध्यान दिन अनुरोध गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update