Shittalpati
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत

पाल्पा,  गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारीलाई जन्म गाउँ गुल्मीमा भव्य स्वागत गरिएको छ । लामो समयदेखि स्कटल्याण्डमा बस्दै आएका सफल व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारीलाई गाउँ आएका बेला गुल्मीको सत्यवती गाउँपालिकामा भव्य स्वागत गरिएको हो । यहाँका स्थानीय दाजुभाइ, दिदिबहिनी, आमाबुबा, विभिन्न संघसंस्थाहरुले बाजागाजासहित उनलाई भव्य स्वागत गरेका छन् ।

कोरोना महामारीका बेला होस् वा प्राकृतिक विपत्तिका बेला होस् भण्डारीले देश र जनताका लागि महत्वपूर्ण सहयोग गर्दै आएका छन् । उनले समाजसेवाप्रति देखाएको सक्रियताको उच्च सम्मान गर्दै स्थानीय, समाजसेवी, राजनीति दलका नेताहरुले सम्मान सहित गाउँमा स्वागत गरेका हुन । गाउँमै जन्मे, हुर्केको व्यक्ति अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै राम्रो छवि बनाउन सफल हुनु भनेको गाउँको समेत इज्यत र प्रतिष्ठा बढेको भन्दै गाउँलेहरु उत्साहित भएका छन् । उनीहरुले धेरै समयपछि आफ्नै छोरो, भतिज गाउँमा आउँदा अत्यन्त खुसी लागेको भन्दै बाजागाजासहित भण्डारीलाई गाउँमा स्वागत गरे ।

गाउँ, समाजको लागि मात्र नभई सिंगो राष्ट्रका लागि एक उदाहरणीय र अनुकरणीय व्यक्तिका रुपमा छवि बनाएका भण्डारीलाई फूल, माला, खादा र अविरले बाजागाजा सहित स्थानीयहरुले गाउँमा स्वागत गरेको थिए । उनलाई नेपाली काँग्रेस गुल्मीले समेत सम्मान सहित स्वागत गरेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ प्रदेश (क) को अधिवेशनको उद्घाटन समारोहमा जुहाङ्ग खैरेनीमा पूर्वराज्य मन्त्री तथा सांसद सूवर्ण ज्वारचन, क्षेत्रीय सभापति पारिश्वर ढकाल लगायतका नेताहरुले उनलाई सम्मान सहित स्वागत गरेका थिए । गुल्मीको सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनीका भण्डारी विगत १७ वर्षदेखि स्कटल्याण्डमा रहेर होटल व्यवसायी गर्दै आएका छन् । स्कटल्याण्डमा रहेर होटल व्यवसायी गर्दै आएका भण्डारीले नेपालका लागि विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आएका छन् । उनी नेपालको पर्यटन क्षेत्रको विकासका लागि स्कटल्याण्डमा रहेर प्रचार–प्रसार गर्ने काममा समेत क्रियाशिल छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update