Shittalpati
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना

पाल्पा । कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादी जन्मथलो भई नेपाल प्रहरीमा तत्कालीन समयमा नेपालकै पहिलो खुल्ला प्रतिष्पर्धाद्वारा प्रहरी इन्सपेक्टर पदमा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका पूर्व डि.एस.पी. स्व. कुलनन्द ठाकुर नेपालको स्मृतिमा स्व. कुलानन्द ठाकुर नेपाल स्मृतिप्रथम पुरस्कार स्थापना गरिएको हो ।

नेपाल प्रहरी र उनका छोरा पूर्व गर्भनर डा. चिरञ्जीवि नेपालको संयुक्त सहयोगमा ५ लाखको अध्यक्षकोष स्थापना गरी नेपाल प्रहरीमा खुल्ला प्रतिष्पर्धाबाट प्रहरी इन्सपेक्टरमा छनोट भई प्रथम हुने उम्मेदबारले ५० हजार नगद नेपाल प्रहरीका आई जी.पी र पूर्व गर्भनर डा. चिरञ्जीवि नेपालको संयुक्त दस्तखत सहितको सम्मान पत्र पाउने छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update