Shittalpati
पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ?

रामचन्द्र रायमाझी

पाल्पा, नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पाको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ । पाल्पाका ४ वटा प्रदेश कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनको अन्तिम मत परिणाम आएको छ ।

पाल्पा क्षेत्र नं. १ को प्रदेश सभा (क), (ख) र क्षेत्र नं. २ को प्रदेश सभा (क) र (ख) को मत गणना राति अबेरसम्म सकेर शनिबार परिणाम सार्वजनिक गरिएको हो । पाल्पा निर्वाचन क्षेत्र नं.–१ को प्रदेश सभा (क) को सभापतिमा राम बहादुर राना निर्विरोध चयन भएका छन् । अधिवेशनले रानाको नेतृत्वमा प्रदेश समिति सर्वसहमतिमा गठन गरेको हो । रामपुर भएको अधिवेशनले उपसभापतिमा गोविन्द प्रसाद अर्याल (गोपाल) र भिम बहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा दान बहादुर हिस्की, भेषराज पोखरेल, सह–सचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, क्षेत्रिय खुल्ला सदस्यहरुमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवती देवी खनाललाई निर्विरोध चयन गरेको छ । त्यस्तै अधिवेशन मार्फत १७ जना प्रदेश प्रतिनिधी समेत चयन भएको छ । खुल्ला तर्फ उमनाथ अर्याल, किशोर पंगेनी, भोजराज भट्टराई, रुद्र प्रसाद अधिकारी, विजय शर्मा अर्याल, शंकर बहादुर खाँण र श्यामकान्त खनाल, खुल्ला महिला तर्फ कृष्णा शाही ठकुरी, शशी कुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुण कुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छम बहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलित तर्फ कृष्ण बहादुर दर्जी, अल्प संख्यकमा समसुलहक मियाँ निर्विरोध चयन भएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिए ।

यस्तै पाल्पा क्षेत्र नं. १ प्रदेश (ख) को सभापतिमा युवराज पौडेल निर्वाचित भएका छन् । माथागढीको कसेनीमा भएको अधिवेशनबाट पौडेलले कृष्ण भट्टराईलाई पराजित गरे । पौडेलले १ सय ६५ मत प्राप्त गरे भने भट्टराईले ७२ मत मात्र पाए । यहाँ सहमति नजुटे पछि सभापति, सह–सचिव र प्रदेश महाधिवेशन प्रतिनिधीहरुमा खुल्ला महिला, खुल्ला जनजाति र जनजाति महिला छनौटको लागि मतदान भएको थियो । अन्य पदाधिकारीहरु भने निर्विरोध चयन भएका छन् । समितिको उपसभापतिमा कृष्ण बहादुर सारु, शेर बहादुर गहराज, सचिवमा डिल बहादुर ढेंगा, निलकण्ठ देवकोटा निर्वाचित भएका छन् । सह–सचिबको लागि ३ जनाको उम्मेदवारी रहेकोमा राजदिप सारु १ सय ८७ र रमेश पछाई १ सय ८० मत सहित निर्वाचित भएका छन् । प्रतिष्पर्धी नारायण प्रसाद न्यौपानेले ६७ मत प्राप्त गरेका छन् । प्रदेश महाधिवेशन प्रतिनिधी खुल्लातर्फ भरत कुमार रसाईली, अनिरुद्र खनाल, मोहनलाल कार्की, जनक रिजेल, बिष्णु प्रताप सेन ठकुरी, जीवन रायमाझी, सुन्दर गाहा निर्विरोध चयन भएका छन् । खुला महिला सदस्यको लागि ५ जनाको उम्मेद्वारी परेको थियो । जसमा निर्मला भट्टराई, साबित्रा पन्थी र हुम कुमारी परियार निर्वाचित भएका छन् । खसआर्यमा मोहन लाल कार्की निर्विरोध चयन भएका छन् । जनजाती महिलामा ३ जनाको उम्मेदवारी रहेकोमा लाली सरा ढेंगा र विष्णु कुमारी सिंजाली निर्वाचित भएका छन् । जनजाति खुल्लामा गोपाल राना र सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै प्रदेश महाधिवेशन तर्फ दलित प्रतिनिधिमा बिक्रम नेपाली, समावेशी शम्शेर खान मियाँ निर्विरोध चयन भएका छन् । प्रतिनिधि सभा क्षेत्रीय सदस्यमा थमन गाहा, नन्दवीर दिशुवा र मनुमाया कुमाल निर्विरोध चयन भएका छन् ।

त्यस्तै क्षेत्र नं. २ को प्रदेश सभा (क) को सभापतिमा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् । उनले १६५ मतको अन्तरले राधेश्याम ज्ञवालीलाई पराजित गरेका छन् । अधिकारीले २६३ मत ल्याए भने ज्ञवालीले ९८ मत ल्याएका थिए । यहाँ क्षेत्रिय सदस्य खुल्ला पदका लागि बाहेक अन्य पदका लागि निर्वाचन भएको थियो । समितिको उपसभापतिमा पेमा चिदी र जुद्धविर सोमरे निर्वाचित भएका छन् । उप सभापतिमा चार जनाको उम्मेदवारी परेको थियो । सचिवमा पनि चार जनाको उम्मेदवारी परेकोमा रमेश प्रसाद न्यौपाने र प्रकाश पाण्डे निर्वाचित भएका छन् । त्यस्तै सह–सचिवमा तीन जनाको उम्मेदवारी परेकोमा मालती पौडेल र सीता भूषाल निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधी खुल्लातर्फ कृष्ण बहादुर आले, गोविन्द न्यौपाने, भानुभक्त पाण्डे, मानबहादुर कार्की, मिलन मुनी शाक्य, राजु महर्जन र सुरेश बोहोरा निर्वाचित भएका छन् । खुल्ला सदस्यका लागि १५ जना चुनावी मैदानमा उत्रिएका थिए । त्यस्तै खुला महिला सदस्यको लागि ६ जनाको उम्मेदवारी परेकोमा कोपिला कार्की, सिता घिमिरे र सुनिता राणा निर्वाचित भएका छन् । खसआर्यमा सुनिल कुमार बस्याल र इन्दिरा भट्टराई निर्वाचित भएका छन् । जनजाति खुल्लामा गनबहादुर कुंवर, विष्णु गाहा निर्वाचित भएका छन् भने महिलातर्फ दिलमाया सिंजाली निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै दलिततर्फ दिनेश गन्दर्भ र मस्लिमतर्फ हलिमदिन मियाँ निर्वाचित भएका छन् । क्षेत्रिय सदस्यतर्फ चन्द्रकला खनाल घिमिरे, भविश्वर थापा र गोमा गैरे निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं २ (ख ) मा रुक्मागत भट्टराईको प्यानल नै विजयी भएको छ । सभापतिमा भट्टराईले दम्ब बहादुर कार्कीलाई पराजित गरेका हुन् । भट्टराईले २०३ मत ल्याए भने दम्बहादुरले ११० मत ल्याएका थिए । उप–सभापतिमा दान बहादुर गाहा, शेरबहादुर दर्लामी, सचिवमा शंकर भण्डारी, पदमलाल शाख्य, सह–सचिवमा सुभाष पल्ली, गीता कौशल निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधी खुल्लातर्फ जीवनाथ पोखरेल, देवेन्द्र पुन, सुरेश पौडेल, शंकर प्रसाद पोखरेल, लाल बहादुर थापा, टुनविर रेस्मी, लोकनाथ अधिकारी निर्वाचित भएका छन् । महिला खुल्लातर्फ लिला कुमारी दर्लामी, भिमाकला खाम्चा, भगवती बगाले निर्वाचित भएका छन् । त्यस्तै समानुपातिक खसआर्यतर्फ गंगाधर पोखरेल, सीता पोखरेल, आदीवासी जनजातीतर्फ क्याप्टेन अम्वर बहादुर थापा, कुमार राना र तारादेवी उचै निर्वाचित भएका छन् । त्यस्तै दलिततर्फ डिलबहादुर विक, अपाङ्गतर्फ टोपबहादुर राना निर्वाचित भएको निर्वाचन अधिकृत यमबहादुर रास्कोटीले जानकारी दिए । उनका अनुसार क्षेत्रिय कार्यसमितितर्फ ज्ञानबहादुर दर्लामी, सन्तोष शेरचन र मिना लम्तरी निर्वाचित भएका छन् । पाल्पामा चार क्षेत्र मध्ये तीन क्षेत्रमा प्यानल नै बनाएर निर्वाचन भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update