Shittalpati
महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल

पाल्पा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिट्टै ल्याइने बताएका छन् । उनले महाधिवेशनको तयारी सुरू गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

प्रदेश पाँचका नेता कार्यकर्तासँग शनिबार तानसेनमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको आयोजनामा भएको भर्चुअल छलफलमा वरिष्ठ नेता पौडेलले महाधिवेशन तयारी सुरू गर्नुपर्ने बताएका छन् । काँग्रेसको महाधिवेशन फागुनमा तोकिएको छ । कोरोना महामारीले कांग्रेसले सक्रिय सदस्यता वितरण र नविकरणका काम गर्न सकेको छैन । ‘साथीहरू महाधिवेशनको तयारीमा लाग्नुहोला,’ पौडेलले भने, ‘छिटै केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिन्छ ।’ काँग्रेसले यसअघि जारी गरेको कार्यतालिकामा असारमा क्रियाशील सदस्यता वितरण र नविकरण गरिसक्ने भनिएको थियो । तर कोरोनाले गर्दा फागुन अन्तिम सातादेखि काँग्रेसले पार्टीका कार्यक्रमहरू गरेको छैन ।

काँग्रेसको कार्यतालिका अनुसार दशैं लगत्तै जिल्ला महाधिवेशन गर्नुपर्ने उल्लेख थियो । पुस ११ गते जारी उक्त कार्यतालिकामा कोरोना महामारीपछिको अवस्थालाई हेरेर कार्यतालिका हेरफेर गर्नुपर्ने भएको हो । अर्चुअल छलफलमा प्रदेश पाँचका १२ जिल्लाका नेपाली काँग्रेसका सभापतिहरुको उपस्थिती रहेको थियो । छलफलमा सहभागाहीहरुले लोकतन्त्र समाजवादको सान्दर्भिकताका विषमा आ–आफ्ना धारणा राखेका थिए । अधिवक्ता महेन्द्रप्रसाद पाण्डेको अध्यक्षता, नेपाली काँग्रेस महासमिति सदस्य यमलाल तिमिल्सेनाको सहजीकरणमा छलफल भएका थियो ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update