सुष्मालाई बक्सिङमा रजत पदक
स्वास्थ्य
पाल्पामा बिहे भोज खाएका एक सय ८० बिरामी, अधिकांसमा झाडापखाला
.jpg)
रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा विवाहको भोज खाएका एक सय ८० जना बिरामी परेका छन् । स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका चिर्तुङ्गधारास्थित घोरबन्दका एक सय ३५ जना र प्यूूठानबाट जन्ती आएका ४५ जना गरी एक सय ८० जना विरामी भएका हुन् ।
शनिबार गाहाको छोरीको बिहे भोज खाएका घोरबन्दका गाउँले एकै चोटी बिरामी परेका हुन् । गाउँलेले भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु, गोभीको तरकारी, मेवाको अचार, आलु मुलाको अचार खाएका थिए । भोज आएका अधिकांसमा झाडापखालाको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुसार अन्य व्यक्तिहरुमा सामन्य ज्वरो आउँने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ । शनिबार साझाँदेखि स्थानीयहरु बिरामी हुन थाले पनि आइतबार, सोमबार र मंगलबार मात्र उनीहरु उपचारका लागि अस्पताल पुुगेका थिए । अधिकांशलाई स्थानीय स्वास्थ्यचौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुुर्याइएको थियो । कतिपयले आइतबार खप्न सकिन्छ कि भन्ने भए पनि सोमबार भने अधिकांश बिरामी आत्तिएर अस्पताल पुगेका हुन् । मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए । मंगलबार पुनः १२ जना बिरामी अस्पताल पुुगे ।
केही बिरामीहरु तानसेनका नीजिक क्लिनिकमा समेत पुुगे । मिसन अस्पतालमा पुुगेका ३४ जना बिरामी मध्ये पाँच जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ । अस्पतालका प्रमुुख प्रशासकिय अधिकृत जीवन भट्टराईका अनुसार धेरै जसो बिरामी खतरामुक्त भएपछि घर पठाइएको हो । घरमा रहेका १ सय १ जना विरामीलाई भने गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले उपचार र परामर्श दिएको छ । मंगलबार मिसन अस्पतालका डा. राजीव रावल सहितको स्वास्थ्यकर्मीले घर–घरमा पुगेर बिरामीहरुको चेक जाँच गरी आवश्यक औषधी दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकारीले एनजेडीलाई जानकारी दिए । उनका अनुसार बिहे भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेकाले समस्या आएको छ । ‘कतिपय घरमै सहेर, खटाएर पनि बसेका छन्,’ उनले भने, ‘घरका प्रायः सबैजसो बिरामी भएको अवस्था छ । कतिपयले सहनै नसक्ने भएपछि मात्र बिरामीहरु अस्पताल गएका हुन् ।’ के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको प्रमुख अधिकारीले बताए ।
उनले भने ‘पानी र भोजमा खाएका खाने कुराको नमूना संकलन गरी ल्याव टेस्टको लागि सम्बन्धित निकायमा पठाइएको र रिपोर्ट आएपछि मात्र बिरामी पर्नुको कारण पत्ता लाग्ने छ ।’ प्रारम्भीक अध्ययनमा पानीका कारण झाडापखाला भएको हुन सक्ने अधिकारीले बताए । बिरामीहरुलाई प्राथमिक उपचार गरी स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको छ । बिरामीहरु मध्ये ३८ जना पुुरुष र ६३ जना महिला रहेका छन् । जसमा १८ वर्ष भन्दा मुनिका १७ जना, ५ वर्ष मुनिका १ जना, १८ वर्षका १७ जना र १८ वर्ष भन्दा माथिका ६६ जना रहेका छन् । बिहेमा झण्डै ४ सय निम्तालु आएको बुुझिएको छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्ष शेरबहादुर चिदी लगायत जनप्रतिािधिहरु पनि बिरामीको अवस्था बारे बुझ्न घर–घरमा पुुगेका थिए । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी भएका हुन् । प्युठान अस्पतालका अनुसार अहिले अधिकशको अवस्था समान्य रहेको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!