स्वास्थ्य

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री

SP Reporter

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।

खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यपसमा विश्वव्यापी सहकार्यमा जोड दिए । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गरे । उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट पारे । –रासस


प्रकाशित मिति: शुक्रवार, जेठ १४, २०७८, ०६:५६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तीन सय १५ नयाँ संक्रमित थपिए शुक्रवार, जेठ १४, २०७८, ०६:५६:००
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट शुक्रवार, जेठ १४, २०७८, ०६:५६:००
थप दुई सय पाँच जनामा कोरोना संक्रमण शुक्रवार, जेठ १४, २०७८, ०६:५६:००