Shittalpati
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार सार्वजनिक नतिजाको ग्रेड वृद्घि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको हो ।
भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम
भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ ।
नयाँ सोंच अपनाऔं
नयाँ सोंच अपनाऔं धेरै जसो जब्वर पार्टीहरुलाई अहिले महाधिवेशनको चटारो छ । सत्ता पक्ष र प्रतिपक्ष सबै पार्टीहरु नयाँ नेतृत्व चयनमा व्यस्त छन् । एमाले आफुले महाधिवेशनको मैजार खाइसकेको भएपनि नेकाँ, राप्रपा, माओवादी लगायतका दलहरु पनि धमरधुस भएर लागिपरेका छन् ।
ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवा सञ्चालन
ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवा सञ्चालन ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो ।
कोरोनाबाट थप पाँचको मृत्यु
कोरोनाबाट थप पाँचको मृत्यु कोरोनाका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरबाट एकै दिन ५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ ।
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा कालोपत्रे गर्न लागेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्रे गर्ने कार्य शुरु गरेको हो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरुमा कच्ची सडक निर्माणसंगै बाहै्र महिना सहज रुपमा यातायात सञ्चालनका लागि...
रिब्दीकोटले दियो अपाङ्गता भएका व्यक्तिलाई ल्यापटप
रिब्दीकोटले दियो अपाङ्गता भएका व्यक्तिलाई ल्यापटप जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ल्यापटप दिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखाले दुईजना दृष्टि विहिन र एक जना शरिरको तलको भाग नचल्ने अपाङ्गताभएका व्यक्तिलाई ल्यापट दिएको हो ।
वालिङमा व्यावसायिक छुर्पी उत्पादन
वालिङमा व्यावसायिक छुर्पी उत्पादन स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ । स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पुर्‍याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।
राप्रपाको महाधिवेशन
राप्रपाको महाधिवेशन पछिल्लो समय नेपालमा विभिन्न राजनीतिक दलहरुले आ–आफ्ना पार्टीका महाधिवेशन गरिरहेका छन् । कतिले महाधिवेशन गरिसकेका छन् भने कतिले गर्ने तयारी गरिरहेका छन् । नेकपा एमालेको भर्खरै सकियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको भइरहेको छ र नेपाली काँग्रेसको केही समयअघिदेखि वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेशको हुनेक्रम जारी छ ।
तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट)
तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट) जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
Weather Update