Shittalpati
माथागढी गाउँपालिकामा विद्यालयको अनुगमन
माथागढी गाउँपालिकामा विद्यालयको अनुगमन जिल्लाको माथागढी गाउँपालिकाले विद्यालयहरुको अनुगमन गरेको छ । गाउँपालिकाले विद्यालयको गुणस्तरीयता, भौतिक अवस्था, विद्यार्थीहरुको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो । गाउँपालिकाका प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई र शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीको टोलीले पालिका भित्रका विद्यालयहरुको अनुगमन गरेको छ ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’ लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताइन् । उनले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन्
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन् आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरौं
स्वास्थ्य मापदण्ड पालना गरौं कोभिड–१९ को महामारी कायमै रहेका बेला पुनःनयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतंक मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व आतंकित छ । दक्षिण अफ्रिकामा देखा परेको सो भाइरस विश्वका २४ राष्ट्रमा फैलिसकेको छ ।
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र भष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक अन्तक्र्रिया कार्यक्रम भएको छ ।
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था सुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनः सुरेश कुमार कर्माचार्य चयन भएका छन् । संघको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले कर्माचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
हराएकी महिला खोजिदिन परिवारको आग्रह
हराएकी महिला खोजिदिन परिवारको आग्रह बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका –३ साग्दीकी एक महिला हराएकोले खोजिदिन परिवारले आग्रह गरेको छ । ५२ वर्षीया लोकमाया श्रीस बुधबार घरबाट घाँस काट्न हिडेको र अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन परिवारले सबैमा आग्रह गरेको हो ।
आज भ्रष्टाचारविरुद्धको दिवस
आज भ्रष्टाचारविरुद्धको दिवस भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक वर्गहरुको समस्यामा लागि परेको देखिएको छ । संघ श्रमिक वर्गहरुमा परेका हरेक समस्यामा अभिभावकीय भूमिकामा देखिएको हो । उसले श्रमिक, मजदुर वर्गमा परेका समस्या र पर्न सक्ने सम्भावित समस्याका विषयमा चासो देखाएको देखिन्छ । संघका अध्यक्ष सुरेशकुमार...
Weather Update