विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत
बिहीबार, जेठ ५, २०७९
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस
बिहीबार, जेठ ५, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।
माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन
बिहीबार, जेठ ५, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा जग्गा प्राप्तिका लागि एक हजार दुई सय २८ भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिएका छन् । ३५ दिनको अवधिमा एक हजार दुई सय ५ अव्यवस्थित र २३ सुकुम्बासीहरुले निवेदन दिएको गाउँपालिकाका अमिन लक्ष्मण घिमिरेले बताए । वडा वडाबाट संकलन भएका निवेदनहरु ल्याउने काम भइरहेको उनले जानकारी...
मतगणनाको गति बढाऊ
बिहीबार, जेठ ५, २०७९
७ सय ५३ स्थानीय तहमध्ये बुधबार बेलुकासम्म ४ सय ६० भन्दा बढी स्थानीय तहको मतगणना सकिए पनि बाँकीमा अझै पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ ।
पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला
बुधबार, जेठ ४, २०७९
जिल्लाको बगनासाली गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेकी सरस्वती चिदी विजयी भएकी छन् । उनले ६ हजार ४ सय ६६ मत ल्याई अध्यक्षमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । चिदी निर्वाचित भएसँगै...
एकैपटक १० रुपैयाँले बढ्यो इन्धनको मूल्य
बुधबार, जेठ ४, २०७९
नेपाल आयल निगमले इन्धनमा फेरी मूल्य वृद्धि गरेको छ । स्थानीय तहको चुनावको भोलिपल्ट उसले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर १...
तानसेन नगरपालिकामा गठबन्धन विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको तानसेन नगरपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् । उनले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत ल्याए ।
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका रुक्मागत भट्टराई विजयी भएका छन् । उनले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । २०७४ सालको स्थानीय निर्वाचनमा पनि...
तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित
मंगलबार, जेठ ३, २०७९
जिल्लाका दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेश कुमार अर्याल तानसेन नगरपालिका –९ को वडा अध्यक्ष र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सोमनाथ अर्याल तानसेन नगरपालिका –८ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको रामपुर नगरपालिका काँग्रेस विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका रमण बहादुर थापा पुनः नगर प्रमुखमा विजयी भएका छन् । उनले १० हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन । थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शिव अर्यालले भने १० हजार ८३ मत प्राप्त गरे ।


