नवजनचेतना राष्ट्रिय दैनिक २०८१ जेठ १३ गते आइतबार
आइतबार, जेठ १३, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती
शनिबार, जेठ १२, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तिनाउ नदीमा डुबेर एकको मृत्यु
शनिबार, जेठ १२, २०८१
रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
तानसेनको टुँडिखेलमा महिनावारी मेला
शनिबार, जेठ १२, २०८१
तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
तानसेनमा मधुमेहका विरामीको आँखा जाँच
शनिबार, जेठ १२, २०८१
तानसेनमा मधुमेहका विरामीहरुको आँखा जाँच गरिएको छ । मधुमेहका विरामीहरुलाई केन्द्रविन्दु बनाएर नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनमा आँखा जाँच गरिएको हो ।
असनटोल मगर समुदायमा कानुनी सचेतना
शनिबार, जेठ १२, २०८१
मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
शनिबार, जेठ १२, २०८१
पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।
राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो ः काँग्रेस नेता घिमिरे
शनिबार, जेठ १२, २०८१
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेले राजनीतिको मूल लक्ष्य भनेको जनताको सुख भएको बताएका छन् ।
‘कालपात्र’ सँगै घोत्लिदा
शनिबार, जेठ १२, २०८१
कोशी प्रदेश आोखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका विगुटार निवासी माता टुककुमारी र पिता पं. रत्नप्रसाद दाहालका सुयोग्य सुपुत्र पुरूषोत्तम दाहालको जन्म वि.सं.२०१५ मंसिर १३ गते भएको हो ।
देशलाई निकास देऊ
शनिबार, जेठ १२, २०८१
राजनीतिक दलका नेताहरु यति बेला एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन् । पछिल्लो राजनीतिक अवस्था हेर्दा सिद्धान्तका लागि दल बनेकै होइनन् कि जस्तो देखिएको छ ।
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
शुक्रबार, जेठ ११, २०८१
नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
शुक्रबार, जेठ ११, २०८१
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।


