बढ्दो नैरास्यता
बुधबार, मंसिर १२, २०८१
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
मंगलबार, मंसिर ११, २०८१
यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री ओली
मंगलबार, मंसिर ११, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिई सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढ·ले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए । हरेक नागरिक सचेत हुनुपर्दछ...
यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको गरियो बिदाइ
मंगलबार, मंसिर ११, २०८१
मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू–१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
मंगलबार, मंसिर ११, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो ।
बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी
मंगलबार, मंसिर ११, २०८१
तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताए ।
सुनको मूल्य दुई हजार छ सयले घट्यो
मंगलबार, मंसिर ११, २०८१
सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ह्वात्तै घट्यो सुनको मूल्य, एकैदिन १६ हजारले कमी
मंगलबार, मंसिर ११, २०८१
नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै करिब १६ हजारले घटेको हो ।
उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा
मंगलबार, मंसिर ११, २०८१
आज उत्पत्तिका एकादशी । मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।
दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो
मंगलबार, मंसिर ११, २०८१
यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा छुट
मंगलबार, मंसिर ११, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट दिइने भएको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंक र अस्पतालबिच सम्झौता भएसँगै छुट पाउने भएका हुन् ।
उपनिर्वाचनको परीक्षामा दलहरु
मंगलबार, मंसिर ११, २०८१
मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४ सय १० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशका...


