Shittalpati
कोरोना प्रतिकार्य योजना निर्माण
कोरोना प्रतिकार्य योजना निर्माण गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारीका कारण कुनै पनि नागरिक रोग र भोकबाट समस्यामा नपर्ने र त्यसका लागि सरकार संवेदनशील रहेको बताएका हुन् ।
प्रदेशसभा बैठक स्थगित
प्रदेशसभा बैठक स्थगित प्रदेश पाँच प्रदेशसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्राणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।
गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने
गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने जिल्लामा हप्तामा दुई दिन मात्र वित्तिय संस्थाहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी हप्तामा दुई दिन मात्र वित्तिय सेवा सञ्चालन गर्ने निर्णय भएको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।
पाल्पाका पत्रकारको कोरोना बीमा
पाल्पाका पत्रकारको कोरोना बीमा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासघ पाल्पाले ८५ जना पत्रकारको कोरोना बीमा गरिदिएको हो ।
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार जिल्लाका स्थानीय तहहरुले सीमानामा अलपत्र नागरिकलाई उद्दार गरेका छन् । स्थानीय तहहरुको पहलमा रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्दार गरिएको हो ।
Weather Update