पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि
बिहीबार, असोज २९, २०७७
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा
बिहीबार, असोज २९, २०७७
नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले साधारण सभा मनाएको छ । प्रतिष्ठानले कोरोना महामारीका बिच एक औपचारिक कार्यक्रमको आयोजना गरी आफनो १८ औं साधारण सभा मनाएको हो ।
घरमै बसेर चाडपर्व मनाउन गुल्मी प्रशासनको आग्रह
बिहीबार, असोज २९, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक आदेश जारी गरि घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (घ) अनुसार विभिन्न आदेश जारी गरिएको छ ।
बुटवलमा पाँच सय लालपुर्जा वितरण
बिहीबार, असोज २९, २०७७
बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५ सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५ सय घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।
गाँजा खान नपाएपछि साथीको हत्या
बिहीबार, असोज २९, २०७७
बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।
माथागढीमा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
बिहीबार, असोज २९, २०७७
जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवामा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण भएको छ । गाउँपालिकाले स्थानीय स्तरदेखि नै योजना प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता समितिका पदाधीकारीलाई एक दिने योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो ।
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
बिहीबार, असोज २९, २०७७
माथागढी गाउँपालिका ७ रहवासका विपन्न परिवारका लागि गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका रहबासका ८२ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको हो ।
भाडगाउँ–मझेङ खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता
बिहीबार, असोज २९, २०७७
रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षिय सम्झौता भएको छ । जलवायु अनुकुलित वृहत खानेपानी आयोजना अन्तर्गत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता गरिएको हो ।
विश्व हात धुने र ग्रामीण महिला दिवस
बिहीबार, असोज २९, २०७७
आज एकै दिन विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस परेको छ । दुवै दिवस आफैमा महत्वपूर्ण रहेका छन् । हरेक वर्षको अक्टोबर १५ अर्थात् असोज २८ गते विश्व हात धुने दिवस मनाउने गरिन्छ ।
मन्त्रिमण्डल पुनर्गठन
बुधबार, असोज २८, २०७७
मन्त्रिमण्डल पुनर्गठन भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन् ।
पाल्पामा अबैध काठ सहित चालक नियन्त्रणमा
बुधबार, असोज २८, २०७७
जिल्लामा अवैध काठ सहित चालकलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले रम्भा गाउँपालिका ५ स्थित सेर्काबास हेक्लाङ कच्ची सडक खण्डमा हेक्लाङबाट सेर्काबास तर्फ आउदै गरेको लु ३ त ३२७० नं.को ट्याक्टरलाईबाट अबैध सालको काठ सहित सवारी चालकलाई नियन्त्रणमा लिएको हो ।


