Shittalpati
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय गुल्मीले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/७६ मा पनि सबैभन्दा बढी कर तिर्ने जयराम हार्डवयर सेन्टर तम्घासका व्यवस्थापक रामप्रसाद पन्थीलाई सम्मान गरेको हो...
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
विद्यालय खोल्दा सावधानी अपनाऔं
विद्यालय खोल्दा सावधानी अपनाऔं कोरोना भाइरस (कोभिड—१९) को कारण बन्द रहेका विद्यालय सञ्चालन गर्नसक्ने अधिकार स्थानीय तहलाई तोकिएपछि धमाधम विद्यालय खोल्ने तयारी अघि बढेको देखिन्छ । केही स्थानीय तहहरुले ९ महिनादेखि बन्द रहेका विद्यालय खोलेका छन् भने केहीले खोल्ने तयारी थालेका छन् ।
लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’
लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’ लुम्बिनी प्रदेशका १४ सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन ब्राण्ड) प्राप्त गरेका छन् । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेका प्रदेशका १४ सहकारीले उक्त ब्राण्ड प्राप्त गरेका हुन् ।
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि शनिबार सकिएको हो ।
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै जन्मभूमि प्रतिको माया कसलाई लाग्दैन र ? माया मात्रै होइन, सुदुर गुल्मी कालीगण्डकी गाउँपालिका ७ भुर्तङ्गमा जन्मिएका युवाहरुले रुपन्देहीबाट सहकार्य गर्दै नयाँ सोंचको विकासका लागि नौलो अभियान शुरु गरेका छन् ।
पर्यटकको पर्खाईमा लुम्बिनी
पर्यटकको पर्खाईमा लुम्बिनी कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शुक्रबारसम्म १९ जनाको मृत्यु भएको छ । बिहीबार राती रामपुर नगरपालिका–५ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
आज विश्व टेलिभिजन दिवस मनाइदै
आज विश्व टेलिभिजन दिवस मनाइदै विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।
अभिशापी भ्रमण (लघु कथा)
अभिशापी भ्रमण (लघु कथा) करिब सत्ताइस वर्ष अगाडि प्रकाशले गाउँको एक विद्यालयमा कक्षा नौमा पढ्थ्यो । शैक्षिक भ्रमणको योजना थियो । साथीहरू भ्रमण स्थल रोज्दै थिए । बढी पैसा लैजाने योजना बुन्दै थिए कोही त । माघे चिसो ज्यादा थियो । प्रकाश एकसरो कमिजमा थुर्थुर काम्दै कुनामा बसेको थियो । पहिलो घण्टी बज्यो ।
टेलिभिजन दिवस र यसको महत्व
टेलिभिजन दिवस र यसको महत्व ‘विश्व टेलिभिजन दिवस’ आज विश्वभर मनाईंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको...
Weather Update