Shittalpati
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । 
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् 
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ । भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न् । उनले आइतबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खस्यो ।
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।
देउवा हिँडे  शपथका लागि शीतल निवास
देउवा हिँडे शपथका लागि शीतल निवास नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथग्रहणका लागि शीतल निवास हिँडेका छन्।
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यात्रुसँग बढी भाडा लिने आठ जना पक्राउ
यात्रुसँग बढी भाडा लिने आठ जना पक्राउ तोकिएको भन्दा बढी भाडा लिनेलाई प्रहरीले पक्राउ गरेको छ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई ट्राफिक महाशाखा काठमाडौंले पक्राउ गरेको हो ।
७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन
७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।
१२ हजार भित्रिए, २३ हजार बाहिरिए
१२ हजार भित्रिए, २३ हजार बाहिरिए गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नागरिक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४ सय जना नेपाल भित्रिएका हुन् ।
Weather Update