बुटवलको सडक निर्माण अलपत्र पारेपछि ठेक्का रद्द
सोमबार, वैशाख २४, २०८१
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, चैत १७, २०८०
सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता
शनिबार, चैत १७, २०८०
काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष, तीन महिला र एक बालकको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु
शुक्रबार, चैत २, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र पानीमा डुवेर भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो ।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
शनिबार, फागुन १२, २०८०
सुक्खा पहिरोका कारण शुुक्रबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, बर्दिया, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाले अकालमै ज्यान गुमाएका हुन् ।
तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
आइतबार, फागुन ६, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा शनिबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु...
बस दुर्घटनामा २० जना घाइते
शनिबार, माघ २७, २०८०
चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक माघ १७ देखि बन्द हुुने
शुक्रबार, माघ १२, २०८०
जिल्लाका दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक निश्चित समयका लागि बन्द हुने भएका हुन् ।
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
शनिबार, पुस २८, २०८०
बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना भएको हो ।
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
शनिबार, पुस २८, २०८०
आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते
शुक्रबार, मंसिर १, २०८०
रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–८ भलुहीमा दाङबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस विहीबार राति पौने १२ बजे पल्टिँदा २० यात्रु घाइते भएका हुन् ।