Shittalpati
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–८ भलुहीमा दाङबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस विहीबार राति पौने १२ बजे  पल्टिँदा २० यात्रु घाइते भएका हुन् ।
दुर्घटनाको दुःखद् खबर
दुर्घटनाको दुःखद् खबर
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ ।  आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले  बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।
रिडी‐रुद्रबेणी सडक अबरुद्ध
रिडी‐रुद्रबेणी सडक अबरुद्ध पहिरोका कारण कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सिद्धार्थ राजमार्गमा सडक माथिबाट खसेको ढुंगाले जिप च्यापिदा तीन जना घाइते भएका छन् । सोमबार बिहान ढुंगा खस्दा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको सिंगल क्याप पिकप बलेरो जिपलाई च्याप्दा गाडीमा सवार  तीन जना घाइते भएका हुन् ।
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर अवरुद्ध बनेको सडक एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि सडक  एकतर्फी सञ्चालनमा आएको हो ।
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङमार्गको नजिकै पहिरो खसेको हो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
दुर्घटनामा तीनजनाको मृत्यु
दुर्घटनामा तीनजनाको मृत्यु सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।  
Weather Update