Shittalpati
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ ।  आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले  बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।
रिडी‐रुद्रबेणी सडक अबरुद्ध
रिडी‐रुद्रबेणी सडक अबरुद्ध पहिरोका कारण कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सिद्धार्थ राजमार्गमा सडक माथिबाट खसेको ढुंगाले जिप च्यापिदा तीन जना घाइते भएका छन् । सोमबार बिहान ढुंगा खस्दा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको सिंगल क्याप पिकप बलेरो जिपलाई च्याप्दा गाडीमा सवार  तीन जना घाइते भएका हुन् ।
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर अवरुद्ध बनेको सडक एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि सडक  एकतर्फी सञ्चालनमा आएको हो ।
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङमार्गको नजिकै पहिरो खसेको हो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
दुर्घटनामा तीनजनाको मृत्यु
दुर्घटनामा तीनजनाको मृत्यु सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।  
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध
पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपलिका–८ गौडेपुलनजिक मंगलबार विहान पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो । 
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती गुल्मी इस्माका प्रदीप खत्रीलाई सोमबार ३ बजेभित्र काठमाडौं नपुगी नहुने थियो । वैदेशिक रोजगारका लागि जापन हिँडेका उनको सोमबार साझा ४ बजे उडान छ । उनी १७ घण्टा मुग्लिनको जाममा परे । त्यहाँ रोकिएका खत्रीले शितलपाटी डटकमसँग निकै आत्तिँदै भने, ‘आज साँझा फ्लाइट छ । क्यान्सिल हुने होकि ? निकै...
बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती
बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँहरुमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट यहाँका अधिकासं सडकमा क्षति पुगेको छ भने बस्तीहरु जोखिममा रहेका छन् । बाढीका कारण तिनाउ नदी क्षेत्रमा पर्ने पाल्पा र रुपन्देही आसपासका क्षेत्र जोखिममा छन् । निरन्तरको वर्षाले रुपन्देहीको तिनाउ नदीको बहाब बढेपछि...
Weather Update