पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु
बिहीबार, जेठ २४, २०८१
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुुझ्न नेपाली काँग्रेसका नेताहरु अस्पताल पुगेका छन् । उनीहरु घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते (थप विवरण आउँदै)
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
आइतबार, जेठ २०, २०८१
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो ।
दाङमा सवारी दुर्घटना, दुईको मृत्यु
शुक्रबार, जेठ १८, २०८१
दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु
सोमबार, जेठ १४, २०८१
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, सर्लाही, मकवानपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्युु, दुई घाइते
आइतबार, जेठ ६, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गुल्मीको रिडीमा बस दुर्घटना : १३ जना घाइते
बिहीबार, जेठ ३, २०८१
गुल्मीको रिडीमा बस दुर्घटना भएको छ ।
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बिहीबार, जेठ ३, २०८१
बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो ।
पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते
बिहीबार, जेठ ३, २०८१
जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चिलाङदी–राम्दी मालारानी सडक पुनः बन्द हुने
शुक्रबार, वैशाख २८, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका– ९ स्थित चिलाङदी– चापपानी–राम्दी अन्तर्गत मालारानी सडक खण्ड पुनः बन्द हुने भएको छ ।


