‘संगम मेडिकल छात्रवृत्ति’ वितरण
आइतबार, भदौ ३०, २०८१
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार
आइतबार, भदौ ३०, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज...
सुनको मूल्यमा कीर्तिमान
आइतबार, भदौ ३०, २०८१
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
पाल्पाको पर्यटन विकासका लागि अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल
आइतबार, भदौ ३०, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाको पर्यटकीय विकासका लागि अग्रसर हुन जिल्लावासीलाई आग्रह गरेका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च
शुक्रबार, भदौ २८, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।
रणनीतिक योजना बनाउन ‘चेम्बर लुम्बिनी’ पाल्पामा
बिहीबार, भदौ २७, २०८१
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशले पाल्पामा आएर रणनीतिक योजना बनाउन थालेको छ । चेम्बरले विहीबारदेखि पाल्पाको तानसेनमा कार्यशाला गोष्ठी आयोजना गरी त्रिवर्षीय योजना बनाउन लागेको हो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
बिहीबार, भदौ २७, २०८१
लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।
तोलामा एक सयले घट्यो सुनको मूल्य
बिहीबार, भदौ २७, २०८१
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।
दशैंका लागि १३ असोजदेखि नोट साट्न पाइने
बुधबार, भदौ २६, २०८१
दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको हो ।
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
बुधबार, भदौ २६, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
मंगलबार, भदौ २५, २०८१
एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तोलामा २ सय रुपैया बढ्यो सुन
मंगलबार, भदौ २५, २०८१
मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो
सोमबार, भदौ २४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।


