Shittalpati
सहनशीलता दिवसको सन्दर्भ

अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने मान्यता दिएको थियो । सोही अनुरुप यो मनाउने गरिन्छ । नकारात्मक भावना र सोच एक–अर्काप्रतिको वितृष्णालाई कम गर्न समुदायबीच सहनशीलता बढाउन यो दिवस महत्वपूर्ण हुने गर्दछ ।

विश्वभर असहमति, असमझदारी भएका बेला सहनशीलता आवश्यक पर्दछ । पछिल्लो समय राजनीतिक अस्थितरताका विभिन्न देशहरुमा द्धन्द सिर्जना भइरहेको छ । त्यसलाई शान्त बनाउनका लागि पनि यो सहनशीलता महत्वपूर्ण हुने गर्दछ । गलत राजनीतिक प्रवृत्तिका कारण द्धन्द र आतंककारी हमलाहरु हुनु जनता र राष्ट्रका लागि दुःखद् हो । यस्तो अवस्थामा सहनशीलता अपनाउनुको विकल्प हुँदैन । त्यसैले पनि यो दिवस आफैमा अत्यन्त महत्वपूर्ण रहेको छ । मानव समुदायलाई एकताको शुत्रमा बाँध्न बढ्दै गएको असहिष्ण व्यवहार र गहिरो बन्दै गएको सामुदायिक अशान्तिका मुद्दालाई यो दिवसले कम गर्ने सन्देश दिन्छ। मानवीय त्रुटि र जटिलताबाट मुक्ति मिली शान्तिको लागि सहनशीलताको मुख्य भूमिका रहन्छ । रूप, रंङ र आकार फरक होला तर सबैलाई जोड्ने शुत्र भनेकै सहनशीलता हो । विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ । यसले सञ्चार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ । यो अत्यन्त राम्रो हो । तर त्यस सँगसँगै असमानता र गरिबी जस्ता चुनौतीहरू पनि देखा परेका छन् । त्यति मात्र होइन द्धन्द र आतंकले मानव समुदायलाई एकताको सूत्रमा बाँध्न सकिरहेको छैन् । यसको कारण सहिष्णुता, सद्भाव र सहनशीलताको कमी नै हो । अहिलेको समाजले यो बढिरहेको अमानवीय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ । सबै संस्कृतहरू फरक छन्, सबै मानिसहरू फरक छन्, तर मानवताको समुदाय भनेको एकै हो । सहनशीलता शान्तिको लागि संघर्ष हो । यसर्थ आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ । आफ्नो जीवनमा सहनशीलताको कार्य गरौँ, अरूलाई बुझ्न खोजौँ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौँ र सभ्य समाज निर्माण गरौं ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update