Shittalpati
मतदातामा उत्साह बढाऔं

निर्वाचन आउन अब १५ दिनमात्र बाँकी छ । मंसिर ४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल र उम्मेदवारहरू घरदैलो सकेर शुक्रबारबाट आमसभा लगायत बृहत् प्रचारात्मक कार्यक्रममा होमिएका छन् । राजनीतिक दल र उम्मेदवारहरुले प्रचार–प्रसारलाई तिव्र बनाए पनि मतदाताहरुमा भने उत्साह देखिएको छैन । आजको दिनसम्म पनि आममतदाताले निर्वाचन आएको अनुभूति गरेको देखिदैन । निर्वाचनमा दलहरू जति उत्साहित छन्, जनतामा छैनन् । पटक–पटकका निर्वाचनमा मत खसालेका आममतदाताहरुले नेताहरुबाट अपेक्षा अनुसार काम नभएपछि कसले जिते र पो के हुन्छ भन्ने भावना बढ्दै गएको छ । जसका कारण उनीहरुमा जुन रुपमा उत्साह छाउनुु पर्ने हो, त्यसो हुुन सकेको छैन । निर्वाचन लोकतन्त्रको सुुन्दर पक्ष तर निर्वाचनप्रति जनता नै उदासीनता हुनु भने दुखद् हो । मतदाताहरु उत्साहजनक रुपमा निर्वाचनमा भाग लिन तयार हुनुुपथ्यो तर त्यसो हुुन सकेन । यसमा राजनीतिक दलकै कमजोरी हो भन्दा फरक पर्दैन ।
निर्वाचनका बेला मात्र गाउँ–गाउँ पुुग्ने, निर्वाचन जितेपछि भने फर्केर पनि नजाने प्रवृत्तिका कारण आमजनता असन्तुुष्ट बनेका हुुन् । कम्तीमा निर्वाचन जितेपछि जनताका समस्या बुुझ्नका एक÷दुुई पटक भए पनि लागि गाउँ –गाउँ पुुग्नु पथ्यो । तर त्यसो हुुन सकेन । त्यति मात्र होइन बहुुमत दिलाएर सत्तामा पुु¥याएपछि पनि जनताको पक्षमा कुनै पनि काम हुन सकेन । बरु लोकतन्त्र र संविधानलाई नै कुल्चिएर जनता र देशका विरुद्धमा राजनीतिक दलहरु समाहित भए । यसकारण पनि जनतामा राजनीतिप्रति चरम वितृष्णा पैदा भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा भन्दा कम मत सोही वर्ष मंसिरमा भएको प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचनमा खस्यो । स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो भने त्यसपछिको प्रतिनिधिसभा, प्रदेश सभा निर्वाचनमा ७० प्रतिशतभन्दा कम मतदाता सहभागी भए । झन् २०७९ मा आएर त पाँच वर्षको स्थानीय निर्वाचनको दाँजोमा कम मतदान भयो । यो वर्ष वैशाखको स्थानीय तहमा ६४ प्रतिशत मतदान भयो । त्यस हिसाबले आउँदो मंसिर ४ गते झन् कम मतदान हुने हो कि भन्ने चिन्ता स्वाभाविक देखिन्छ । निर्वाचन जनताका लागि हो । आफ्ना प्रतिनिधि आफैं चुन्ने अवसर पाउँदा पनि जनता चुपचाप बस्ने वातावरण सिर्जना गरिनुु गतल हो । जनता सचेत भइसकेकाले राजनीतिक दल पनि अब सचेत हुुनुपर्दछ । जनतालाई निरास होइन, आशाको दियो बाल्ने काम दल र उम्मेदवारले सिर्जना गर्नुपर्छ । यसो हुन सके मात्र आमजनतामा निर्वाचनको उत्साह छाउने छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update