Shittalpati
प्रविधि र दैनिकी जनजीवन

वर्तमान समय सूचना प्रविधिको समय हो । आज सूचना–प्रविधिले फड्को मारेकोेले होला, पानी, विजुली, शिक्षा, अस्पताल, यातायात, सञ्चारका क्षेत्रमा मानिसहरूले घण्टौं लाइन बसेर काम–कारबाही गर्नुपर्ने युगको अन्त्य भई एक नयाँ युगको सुरुवात भएको छ । आज पानी, बत्ती, मोवाइल इत्यादीको बिल हिँड्दाहिँड्दै, पसलमा चिया पिउँदै तिर्न सकिने भएको छ । आज बैंकमा रकम र साथमा एटीएम भए मानिस भोकले नमरिने भएको छ । त्यसलाई विकासको सकारात्मक पक्षको रुपमा मान्नुपर्छ । सूचनाको संकलन, सम्प्रेषण, एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूप नै सूचना तथा सञ्चार प्रविधि हो ।

वैज्ञानिक आविष्कार तथा आधुनिकतम् प्रविधिले मानव जीवनमा धेरै ठूला परिवर्तनहरु ल्याउन सफल भएका छन् । मानिसलाई बाँच्न, हिंडडुल गर्न, काम गर्न लगायतका विविध क्षेत्रमा विशेषतः सूचना प्रविधिको प्रयोगले अकल्पनीय बदलाब ल्याएको छ । पारम्परिक मूल्य–मान्यतालाई सूचना प्रविधिमा आएको महत्वपूर्ण परिवर्तनले त्याग्दै विस्थापित गरिएको ठाउँमा नवीन मूल्य–मान्यतालाई स्थापित गर्दै लगेको आजको यथार्थ हो । आज आईपीओ, एफपीओ, हकप्रद सेयर भर्न घण्टौंको लाइन बस्ने युगको अन्त्य भएको छ, जसले आम लगानीकर्तामा अनलाइन प्रविधिले घरमा नै बसेर मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिने व्यवस्था बनेको छ, जसले गर्दा घण्टौंसम्म लाइन बसेर आवेदन दिनुपर्ने युगको अन्त्य भएको छ ।

पहिला पहिला सेयर जान्ने–बुझ्नेका लागि मात्र र सहर केन्द्रित मात्रै थियो, जसले गर्दा उपत्यका केन्द्रित सेयरबजार अहिले मोफसलका सहरबाट पनि सजिलै खरिद विक्री गर्ने सहज वातावरणको सिर्जना भएको छ । लगानीकर्ताले आजभोलि आफ्नो बैंक खाता अद्यावधिक गर्न बैंकमा लाइन नबसी घरबाट नै सहजै नवीकरण गर्न सक्छन् जसले गर्दा लगानीकर्ताको समय बचत भएको छ, त्यस्ता काममा लाग्ने समय अन्यत्र खर्च गर्न सक्ने आधार प्रविधिले बनाइदिएको छ । जसले आम नागरिकहरुको जनजीवनलाई सहज बनाइएदिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update