विचार

परीक्षित राजा गङ्गा तट र अनशन व्रतमा (भाग–४)

Shittalpati Reporter

महाराजा परीक्षितलाई श्रृङ्गी ऋषिले श्राप दिए पछि समिकलाई अनर्थ भयो भनि छोरालाई सम्झाए राजा परीक्षित शिकार खेल्न वनमा गएका बखत हरिणका पछि दगुर्दा तिर्खाले पिडित भएका परीक्षित ऋषिका आश्रममा पानी खान पुगेका थिए । पानी दिनका लागि ऋषि ध्यानमा बसेका बेला ध्यान मङ्न भएकाले पानी दिएनन् राजालाई शिरमा लगाएको मुकुटमा सुनमा कली बसेकाले राजा रिसाई ऋषिका गलामा मरेको सर्प राखिदिएर फर्के उतापट्टी समिकको गलामा मरेको सर्प देखेपछि बाबुलाई प्रणाम गरी दुःख प्रकट गर्दै हातमा जल लिएर मेरा पिता समिक ऋषिलाई जसले मरेको सर्प राखिदियो त्यसलाई आजको सात दिनमा तसक नागले डसी मर्न परोस् भनि श्राप दिए ।

उता राजा धर्म (दरवारमा) पुगेर श्रीपेच शिरबाट निकालेर राखेपछि उनलाई होस् आयो अनि पश्राताप भयो र पुत्र श्रृङ्गीले गरेको अपराधको खबर दिन नारदजी (द्धारा) खबर पाएपछि राजा परीक्षित गङ्गाको तटमा शरीर त्याग गर्नका निम्ति मुनिमण्डलको बीचमा अनशन व्रत गरेर बसे । त्यहि बेला आफूले गरेको दुव्र्यव्यवहारले अत्यन्त दुखित राजा चाडै नै तक्षक आईआई डसेर यो शरीर त्याग गर्न पाए हुन्थ्यो भनेर चिन्ता गरी रहेका बेला शुकदेवजीको अगमन हुन्छ । परीक्षितले भगवान् श्रीकृष्णको ध्यानमा मग्न भएका राजालाईदेखि सारा ऋषिहरु पनि आएकाले राजाले भने हे ऋषिगण, देवगण, राजाहरु अब म एक चित्त भए तिमिहरुलाई यहि आर्शिवाद, भगवान् श्रीकृष्णमा चित्त लागिरहोस् भने ।

उनी, कस्ता थिए भन्दा चरण, तिघ्रा, हात, काध, गला, बाँकी सबै अङ्ग अत्यन्त सुकुमार र आँखा ठूला नाक अलि उठेको, कान एकनासका अति तेजस्वी थिए । सबै उठेर उनलाई स्वागत प्रणाम गरे । पूजा पनि गरे । सम्मान साथ सिंहासनमा बसाले । राजा परीक्षित नजिक आएर दुवै हात जोडी सोध्न थाले हे भगवान आज मेरो अहोभाग्यले गर्दा हजुरको दर्शन पाए, हजुर र अतिथिहरु यो नदी तटमा सम्पूर्ण तीर्थ समान भएको छ । आज हजुरमा पो धुने अवसर मैले प्राप्त गरेको छु । मेरो अहोभाग्य हो । जस्तो सुकै मानिसहरु पनि हजुरका नजिक पुग्दा सारा पाप नस्ट भई पवित्र हुन्छ । पाण्डवहरु आफ्ना फुपुका छोरा श्रीकृष्ण भगवानले पाण्डवहरुलाई प्रसन्न गराएका थिए ।

त्यस्तै प्रकारले मलाई पनि प्रसन्न पार्नुहोस् हे भगवान् सूतजी मेरो काल नजिक आईरहेको छ । म ऋषिका श्रापले मृत्यु समान भई सकेको छु । भनि राज परीक्षितले आफ्नो भएको वृत्तान्त श्रापका कुरा विन्ति चढाए । अब मैले यस्तो अवस्थामा के –के उपाय गर्नुपर्छ आज्ञा होस् भन्दै स्तुति गर्न लागे । हे सूतजी मैले के–के कुरा त्याग गर्नपर्छ कस–कसको भजन गर्नाले मरण नजिक आएको बेला मुक्ति हुन्छ, सबै मलाई आज्ञा होस् भनि चिन्तित भएका परीक्षित राजाले शुकदेव स्वामीसँग सोध्दा भए, जो हजुर गृहस्थिका घरमा पनि गाई दुहुने समयसम्म रहन सक्नुहुन्न यस्ता तपाईलाई प्रणाम छ । राजा परीक्षितले यस्तो मिठो बोली गरेर यी प्रश्न गरेको सुन्दा सबै धर्मको तत्व बुझेका व्यासजीका छोरा शुकदेवजीले राजा परीक्षितलाई वृत्तान्त भन्न लागे भन्नेसम्मको कथा प्रथम स्कन्दको उन्नाईस अध्याय सम्ममा विस्तार गरिएको छ ।

अब यो श्रीमद भागवतको द्धितिय यस स्कन्धको पहिलो अध्याय समेतमा कति कथाको विस्तार गरिन्छ भनि ध्यान विधिको र भगवानको विराट रुपको वर्णनमा श्री शुकदेव स्वामीले परीक्षित, महाराजालाई हे राजन मनुष्यको जन्म भएपछि भगवानको गुण गाउनु, वा भजन कीर्तन गर्नु परम कर्तव्य हो । मानिस केवल धन सम्पत्ति शरीर, श्रीमती, छोरा, छोरीको माया मोहमा भुलेर जीवन व्यर्थ गरिरहेका छन् । यो नाशवान् शरीरलाई मोक्ष दिने उपाय भनेकै भगवत भक्तिनै हो । तसर्थ मुक्ति प्राप्तीका लागि शरीरलाई वंशमा ल्याउन सक्नुपर्छ । प्रणायमको साधना र ध्यान गरी भगवानको स्मरण गर्नु नै मोक्षको उपाय हो ।
यस कारण हे राजन हजुरलाई यो भगवत श्रवण गराउन लागेको हजार श्लोक, द्वादश स्कन्धले सहित छ ।

मनरुपी लगामले वुद्धि रुपी सारथीलाई विषय बासनातर्फ लाग्न नदिई एकाग्र चित्तमै विराट रुप भगवान प्रति समर्पित हुनु पर्छ । जल, अग्नि, वायु, आकाश, अहंकार मह तत्व र प्रकृति यी सात तत्वको आवरणले घेरिएको ब्रÞमाण्ड शरीरमा जुन विराटपुरुष भगवान छन् उनको धारणा गर्नपर्छ । विराटरुपी भगवानको यसरी वर्णन गरिएको छ । भगवानको चरणमा पैतालालाई (कुरकुच्चा पाउको अग्र भाग र रसातल), दुई गोलि गाठालाई महाताल, दुईवटा पिडौलालाई तलातल, घोडालाई, सुतल तिघ्रालाई, वितल र अत्तल कम्बर मुनिको भागलाई सुतल नाइटोलाई आकाश, छातिलाई स्वर्गलोक, घाँटीलाई महलोक, मुखलाई जनलोक, निधारलाई तपलोक भगवानको शिरमाथलाई सत्यलोक भनेर बताइएको छ । भगवान विराटका हात इन्द्रादी देवताहरु हुन, दिशाहरु कान र शब्द हुन र श्रावणेन्द्रिय हुन् । अश्रिनी कुमार नाकका प्वाल हुन्, गन्ध घ्राणेन्द्रिय । बलेको आगो, भगवानको मुद्र हो ।

आँखा गो लोक अन्तरिक्ष हुन्, चक्ष सूर्य हुन्, परेला रात र दिन हुन मुकुटी विलास, ब्रहमलोक हो तालु जल हो, जिभ्रो रस हो ।
वेद भगवानको मस्तिक हो, स्नेह दाँत हुन्, मायालाई मुस्कान भनिन्छ । यो अनन्तः श्रृष्टि नै मायाको कटाक्ष दृष्टि पात हो । लज्जा माथिल्लो ओठ हो । लोभ तल्लो ओठ हो । धर्म स्तन हुन, पाप पिठ्यु हो । प्रजापति भगवानका मूत्रेन्द्रीय हुन् । मित्रावरण अण्डकोष हुन् । समुन्द्र उनका काखी हुन् । पहाड हाड हुन्, विराटरुपी भगवानका नाडी नदी हुन्, रुखहरु रौ हुन्, प्रवल वायु स्वास हो । काल उनको चाल हो ।

गुण प्रवाह हो, यो संसार उनको क्रिडा हो, बादल केश हुन्, सन्ध्या समय प्रभुको लूगा हो । अव्यक्त मूल प्रकृति हृदय हो । उनको मन चन्द्रमा हो, महत्व चित्र हो, रुद्र उनको अन्तकरण हुन् । घोडा, खच्चड, ऊँट भगवानका नङ हुन् । वनमा रहेका पशुहरु कम्बर हुन् । पंक्षी, चराहरु रचनाका कौहल हुन् । स्वर्यभुमनु वुद्धि हो र मनुका सन्तान (मानिस) उनको निवास स्थान हो । गन्दर्भ विद्या घर चरण हो अपसरा स्वर हुन् । दैत्यहरु उनको वीर्य हो, ब्राह्मण मुख, क्षेत्री हात, बैस्य, शरीर घोडा सुद्र चरण हो भन्ने भगवानको द्विय स्कन्दको प्रथम अध्यायले भगवानको विराट रुपको वर्णन गरिएको छ । मोक्षको इच्छा गर्नेले वुद्धिद्वारा मनलाई यही स्थूल रुपमा स्थिर गर्नु पर्छ यसबाहेक अरु बस्तु केही छैन । भगवानको द्वितीय स्थल र सूक्ष्मको ध्यानले झन उत्तम पद प्राप्ती गर्छ ।

भगवानको रुप यसरी धारणा गरिन्छ । भगवानको चार वाहुलिमा शंख, चक्र,गद, पदम् लिनु भई मुसुक्क हाँसी नेत्र कमल जस्तै विशाल प्रसन्नता देखिनै कदमका फूल जस्ता पहेँलो वस्त्र धारणा गरी हातमा बहुमुल्य रत्न धारणा भरिएका छन् । माथमा मणि मुकुट, कानमा कुण्डल झल्किने छातिमा श्रीवत्सको चिन्ह् घाटीमा कौस्तुभ मणि घाटीमा नओइलिने वनमा माला छ । औलामा औंठी, पाउमा पाईजा, पाखुरामा कन–कन, पाउमा नपुर बहुमूल्य आभूषणले, शोभित हुनु भएको घु–घुरिएको माथको केशका झुप्पाले सुहोभित मुख कमल मुस्कुराएको यस्तो रुपको एकाग्र ध्यान गर्नु नै मोक्षको लक्षण हो ।
(सन्दर्भ सामग्री ः श्रीमत् भागवत ।)


प्रकाशित मिति: सोमवार, फाल्गुन १२, २०७६, १०:३०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुरक्षित इन्टरनेटको प्रयोग सोमवार, फाल्गुन १२, २०७६, १०:३०:००
रविको अभिव्यक्ति अपरिपक्व र अराजनीतिक सोमवार, फाल्गुन १२, २०७६, १०:३०:००
किसानको पिडा सम्बोधन गर सोमवार, फाल्गुन १२, २०७६, १०:३०:००
स्वस्थानी व्रतकथाको समाप्ति र शिक्षा सोमवार, फाल्गुन १२, २०७६, १०:३०:००