विचार

अन्तर्राष्ट्रिय भन्सार दिवस

Shittalpati

अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण टेवा पु¥याउने गर्दछ ।

नेपालको भन्सार प्रसासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । यसरी आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रसासनले अग्रस्थान ओगटेको छ । परन्तु भन्सार प्रसासनको भूमिका आन्तरिक राजस्व परिचालनमा मात्र सिमित हुनु हुँदैन । राष्ट्रिय सुरक्षामा आँच नपुग्ने गरी अन्तर्राष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा पहल गर्न, सिफारिश गर्न तथा प्रचलित अभ्यास अपनाउन भन्सार प्रशासनको महत्वपूर्ण भूमिका रहेको छ । अन्तर्राष्ट्रिय व्यापार, प्रविधिको विकास, राष्ट्रिय आवश्यकता र उद्दार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप गति बोधक रहेर प्रसासनलाई दक्ष, पारदर्शी र सेवामुखी बनाउन जरुरी छ । पछिल्लो समय भन्सार छलि गर्ने क्रम बढेको छ । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो । वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नका लागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको विषयमा छलफल गर्दछ । यसो गर्न आवश्यक पनि छ । यसर्थ अन्तर्राष्ट्रिय भन्सार दिवसले भन्सार कर छल्ने प्रवृत्तिलाई निरुत्साहित गरोस् भन्सार दिवसको शुभकामना ।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७, ११:५९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नारी दिवसको सार्थकता मंगलबार, माघ १३, २०७७, ११:५९:००
खोप अभियान प्रभावकारी बनाऔं मंगलबार, माघ १३, २०७७, ११:५९:००