Shittalpati
रेडक्रस दिवस र यसको काम

आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानवीय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त गर्‍यो । तर नेपालमा भने वि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व पनि हो । यो हेनरी प्रति श्रद्धासुमन प्रकट गर्ने र अभियानमा मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचार–प्रसार गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा लिने गरिन्छ । रेडक्रस अभियानले हरेक वर्ष विश्वभरी सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

रेडक्रसको जन्म पछाडी मानव पीडाको कथा जोडिएको छ । रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानिन्छ । रेडक्रसको मुख्य लक्ष्य भनेको मानव उद्धार हो । त्यसैले रेडक्रसले मानवीय सेवासँग विभिन्न क्षेत्रमा काम गरिरहेको छ । मानवीय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पु¥याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरी जीवन रक्षा गर्नु भन्ने बुझिन्छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि रेडक्रस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विश्वमा भइरहेको संघर्षमा मध्यस्थता गरी शान्तिकायम गराउने कार्यमा समेत रेडक्रसको स्थान महत्वपूर्ण छ । समय परिस्थितिसँगै रेडक्रसले काम गर्ने तौरतरिका र कार्य क्षेत्रमा ज्यादै ठूलो विविधता र व्यापकता रहेको छ । रेडक्रसले युद्व अवस्थामा मात्र नभई प्रत्येक देशमा आन्तरिक परिस्थितिका कारण सिर्जित विभिन्न खाले मानवीय समस्यामा पनि मानवीय कार्य गरिरहेको छ । यो आफैमा प्रशंसनिय छ । आगामी दिनमा पनि रेडक्रसले थप रचनात्मक कामसहित अगाडि बढ्न सकोस् दिवसको शुभकामना ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update