Shittalpati
पर्यटन क्षेत्र जोगाइ राखौं

कोरोनाको तेस्रो लहरले फेरि एक पटक पर्यटन व्यवसायमा धक्का दिने देखिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेपछि सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । गोष्ठी, सेमिनार, समीक्षा, बैठक लगायतका कार्यक्रममा पनि बन्देज लगाएपछि विस्तारै चलायमान हुन थालेको आन्तरिक पर्यटनमा अल्पविराम लाग्न थालेको छ । कोरोना संक्रमणले मानिसको स्वास्थ्यसँगै व्यवसायमा प्रभाव देखाउन थालेको छ । निकै अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्छ । यसबाट बच्न हामी कति तयार छौं भन्ने विषय महत्वपूर्ण हो । संसारमा कठिन परिस्थिति उत्पन्न भएका समयमा कसरी बच्ने भन्ने सम्बन्धमा सिद्धान्तहरु बनेका छन् । नेपाल सरकारले यसतर्फ खासै ध्यान दिएको जस्तो अहलेसम्म देखिएन ।

कोरोनाले पर्यटन क्षेत्रलाई ठूलो क्षति पुर्‍याउने निश्चित छ । तर केही सावधानी तथा योजनाहरु बनाउन सके भने पर्यटन क्षेत्रको चलायमानलाई केही हदसम्म भए पनि कायम राख्न भने सकिन्छ । यसका लागि सरकार र निजी क्षेत्रबाट ध्यान दिन आवश्यक छ । भएको पर्यटन उद्योगलाई कसरी डुब्न नदिने र स्थिर राख्ने भन्नेमा ध्यान दिनु पहिलो आवश्यकता हो । पहिला ‘हामी बच्नुप¥यो’ भन्ने सिद्धान्त अनुसार पर्यटन क्षेत्रलाई तत्कालै आगामी ६ महिनाको स्पष्ट योजना आवश्यक छ । अर्को, परिस्थिति सामान्य भएपछि कसरी आक्रामक बजार विस्तारमा गएर गुमेको व्यवसाय फर्काउने भन्ने हो । जनस्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउँदै ं पर्यटन व्यवसायलाई जोगाउन सकिन्छ । यसर्थ कोरोनाले सबैभन्दा बढी प्रभावित तथा नेपालको विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटनलाई जोगाउन सरकार, विकास साझेदार तथा निजी क्षेत्र सबैले आफ्नो ठाउँबाट आवश्यक कदम चाल्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update