Shittalpati
राजनैतिक चरित्र देखाऊ

दलहरुले संविधान कार्यान्वयनको कफी गफ धेरै गरेको पाइन्छ तर उनीहरु वास्तविकताबाट धेरै टाढा छन् । त्यस अर्थमा भन्नुपर्दा राजनैतिक चरित्रको कमी भएको भन्न मनपर्ने बेला आएको अनुभूति भएको छ । नेताहरुले सत्तालाई मात्रै प्राथमिकता दिने कि राजनैतिक चरित्र प्रर्दशन गर्ने भन्ने विषय अहिलेको महत्वपूर्ण पक्ष हो । राजनीति गर्ने अनि चरित्रमा त्यो नदेखिने अवस्था आउँनु आफैमा अत्यन्त्यै पीडावोध हुने खालले अवस्था हो । राजनैतिक चरित्रको विकासका लागि जनताका न्यूनतम समस्याहरुको पहिचान गर्ने र समस्या बोध हुने खालको वातावरण बनाइरहने हो भने मात्र मुलुकका जनताले राजनेता पाएको अनुभव गर्ने थिए तर त्यसो हुन सकेको छैन ।

सत्ताका लागि लडिरहे पनि सत्ता प्राप्ति पछि आमजनताका दैनन्दिनीसँग घुलमिल हुन नसक्नु नै गैर राजनैतिक चरित्रको पहरेदारी गरेको ठहरिन्छ भन्ने कुरा बुझ्दा–बुझ्दै पनि आम जनताको समस्याहरु प्रति समयमा चासो नै नदिने कार्य हुनु हँुदैन । निर्वाचनका बेला दिएका आश्वासनलाई पूर्ण रुपमा पालना गर्ने तर्फ ध्यानै नजाने प्रवृतिको विकास हुनु अर्को दुखद् पक्ष हो । वास्तवमै राजनीतिलाई जननीति गरेको नमान्दासम्म जनताले आहत र राहत पाउन सक्दैनन् । त्यसकारण अबको राजनीति निस्वार्थ परक हुनुपर्छ र नेताहरुको चरित्रमा जनतन्त्रको आभास झल्किनुपर्ने हुन्छ । अन्यथा देशले केवल नारा बाहेक कैही पनि प्राप्त गर्न सक्दैन, फलस्वरुप जनताको जीवनस्तरमा सुधार हुन सक्दैन । अबको नयाँ नेपालका परिकल्पनासँगै, जनताको जीवनस्तरमा पनि नयाँ र जनमुखि कार्यक्रमलाई व्यवहारिक नबनाएसम्म देशको राजनीतिले समयानुसार कोल्टे फेर्न सक्दैन र नेताहरु राजनेता बन्न सक्दैनन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update