Shittalpati
नेताको आर्थिक पारदर्शिता

नेपाली राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बन्दै गरेको नेताहरुले कहाँबाट खर्च जुटाउँछन् । पार्टी र भूगोलको निर्वाचन नै कनि नहोस्, त्यहाँ चुनाव लड्दा व्यापक खर्च हुने तर उनीहरुको राजनैतिक दिनचर्याले सही रुपमा आम्दानीको श्रोत निर्माण हुन्छ त ? भन्ने कुराले राजनेता र नेताहरुको आयको श्रोतको माध्यम पत्ता लगाउन सकिएको छैन । उनीहरु मध्ये कतिपयले आफ्ना भाई भारदारहरुको व्यवसाय अनि, स्वदेश तथा विदेशको रोजगारीबाट प्राप्त आय देखाएको पाइन्छ, तर ती सबै कुरा त्यति भर पर्दा हुदैनन् । राजनीति आफैमा सामाजिक उत्तरदायित्व वोध गर्ने कार्य हो । राजनीति बिना मुलुकका हरेक क्रियाकलापहरु अगाडि बढ्दैनन्, त्यसकारण सत्ता अनि पावरका निम्ति पनि राजनीतिले दायित्ववोध गराई रहदा पटक–पटक कुरा उब्जने गर्छ कि महङ्गा नेताहरुलाई कसले पाल्छ ? उनीहरुको दैनिक व्यायको तुलनामा आयको महत्वपूर्ण श्रोत खुलेको कमै देखिन्छ ।

राजनैतिक क्षेत्रका व्यक्तित्वहरुको दिनचर्यालाई नजिकबाट नियाल्दा लामो अनुभवले भन्छ कि सामाजिक कामसँगै पद अनि प्रतिष्ठाको विषयसँग पनि राजनीति गासिन्छ । गाउँका कुना कन्दरामा जाँदा सामान्य कार्यकर्ता, दाजुभाई, दिदीबहिनीहरु सोध्ने गर्नुहुन्छ कि नेताहरुको तलब कति हुन्छ । त्यहाँ हामी सबै अनुत्तरीत भइरहेका छौं । पार्टीले खुब पैसा दिन्छ रे नेताहरु चिल्ला गाडीमा हिड्नुहुन्छ, कतिपय त जनप्रतिनिधि भएका बेला भत्ता र पारिश्रमिक पाउनु हुन्छ तर कति त त्यो पदमै नपुगे पनि सानका साथ जीवनयापन गर्नुहुन्छ कसरी भन्ने मर्म स्पर्शी जिज्ञासाको जवाफ हामीसँग हुँदैनन् । त्यतिबेला भावनाका खाँडलहरुमा मड्राई रहेर सोच्नुपर्ने अवस्था किन आउँछन् ? यो नेताहरु प्रतिको चिन्ता र चासो पनि हो । वास्तवमै नेपाली राजनैतिक वृतले यी र यस्ता कुरालाई आम कार्यकर्ता माँझ बुझाउन सकेका छैनन् । यो विषय आफैमा गम्भीर पनि छ । यस्ता विषयहरु भित्रका रहस्यमयी कुरालाई स्पष्ट र पारदर्शी बनाउन सबैको महत्वपूर्ण दायित्व हो । भन्ने कुराको सबैमा चेतना भया ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update