Shittalpati
चिसो मौसम :  तातो निर्वाचन

चर्चा निर्वाचनको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचन वैशाखमा गराउन सक्छौं भन्ने प्रतिक्रिया सार्वजनिक गरे लगत्तै निर्वाचनको हल्ला सबै तिर फैलिएको हो । निर्वाचनका लागि मन्त्रीपरिषद्को निर्णय पछि तिथि मिति तोकर कार्यतालिका सार्वजनिक गर्ने कार्य शुभारम्भ हुने प्रायः निश्चित जस्तै भएको छ । चाडोसँगै निर्वाचनको गर्मीले राजनैतिक आद्रतामा हलचल गरिरहेको अवस्था छ अहिले । निर्वाचनका लागि दलहरु पनि आफैमा तयारी मनस्थितिमा देखिएका छन् । उनीहरुको दिनचर्या र सक्रियताका आधारहरु हेर्दा मूलुक अब निर्वाचनमय हुने अवस्थामा पुग्दैछ भनेर भन्न सकिन्छ । अबको निर्वाचनलाई कुन रुपमा लग्न सकिन्छ भनेर विचार र विमर्श गर्ने कार्यमा दलहरु खासै लागेका छैनन् । उनीहरुमध्ये कतिपयलाई लागेको छ कि निर्वाचन गठवन्धन अनि त्यसबाट प्राप्त हुने परिणाम कस्तो आउँला त ? यति मात्रै कहाँ हो र ? सिमित साधन अनि श्रोतले पारेको गाह्रो साह्रोका लागि पनि आत्म मूल्याङ्कन र यथार्थ समीक्षा गर्ने बेला भएको छ ।

यदि निर्वाचन निर्धारित समय २०७९ वैशाख भित्रै भयो भने नेकपा एमाले र नेपाली काँग्रेस बीचको प्रतिस्पर्धा हुनेछ । त्यसमा नेपाली काँग्रेस अग्रस्थानमा, एमाले दोस्रो र माओवादी तेस्रो शक्तिका रुपमा अनि समाजवादी चौथो हुने स्थानमा आउने प्रक्षेपण गरिएको छ । निर्वाचनमा ढिलाई र वर्तमान सरकार भित्रको खिचलो कायम रहे, नेपाली काँग्रेस भित्र गुट र उपगुटको टकराव भए एमाले नै अगाडि आउने अवस्था देखिएको छ । गठवन्धनको अवस्थालाई निर्वाचन सम्म पनि कायम राख्न सक्ने अवस्था आयो भने गठवन्धन अगाडि आए एमाले चौथो स्थानमा झर्ने सम्भावना पनि त्यतिकै प्रवल रहन्छ । निर्वाचनलाई अधिक खर्चिलो र भड्किलो हुनबाट बचाउनका लागि सबै पक्ष चनाखो भएर लाग्नुपर्ने हुन्छ अन्यथा निर्वाचन कसैका लागि टाट पल्टिने र सिमित केही व्यक्ती धनी हुने अवस्था आउँन सक्छ । निर्वाचनका विभिन्न प्राविधिक कुरालाई अत्यन्तै संयमित र संकल्पित भएर नलाग्दासम्म सही र निष्पक्ष निर्वाचनको परिकल्पना गर्न गाह्रो छ । त्यसकारण हल्ला र भड्काउ शैली भन्दा पनि सदा र सदाचारको अन्तरमनको मतले जित्ने अनि हार्नेले पनि स्वीकार गर्ने खालको वातावरण बन्नु नै सबै भन्दा उपयुक्त हुन्छ ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update