Shittalpati
समस्या समाधान गरौं

नियम र कानुनका निर्माताहरु अहिले संसद भित्रका बन्दी भएका छन् । कानुन बन्ने बनाउने कार्य पनि त्यसकै कारण धेरै समयदेखि निर्विकल्प स्थिर अवस्थामा छन् । अविकल्पका रुपमा देखिएका धेरै कार्यहरुको पनि समयमा सम्पादन हुन सकेका छैनन् । संघीय संसदले मात्र होइन, सात वटै प्रदेशका संसद्हरुले पनि विजनेस नपाएका कारण उर्जावान जनप्रतिनिधिहरुमा, किम् कर्तव्य विमूढको अवस्था, श्रृजना भएको अवस्था प्रति धेरैको चासो कम देखिएको छ । तीन वटै सदनका सांसदहरुले काम नपाएपछि उनीहरुमा नैरास्यता मौलाएका छ । देशलाई एमसिसीका नाममा बन्धक बनाएर संसद नै चल्न नदिने र चलाउँछौं भन्ने एकोहोरोपनलाई त्याग्न नसक्ने सत्ता गठबन्धनका नेताहरुले अलिकति पनि सोंच विचार गर्न सकेका छैनन् । महाधिवेशनको रौनक पछि सत्ता साझेदार प्रतिपक्षहरु बीचको अनमेलका कारण मुलुकमा राजनैतिक तरलता बढेको आभास चारैतर्फ भइरहेको छ ।

मङ्गगी र भ्रष्टाचार मौलाएको छ । देशमा वित्तीय तरलता स्थिर हुन नसक्दा आर्थिक संकटको अवस्था नआउँला भन्न सकिदैन । कोभिड १९ को पहिलो र दोस्रो भ्यारियन्ट पछिको हाम्रो प्रतिव्यक्ती आएमा देखिएको ह्रासले हामीले हाम्रो आर्थिक अवस्थालाई तरलता हुनबाट कसरी बचाउने भन्ने तर्फ चिन्ता गर्न सकेनौ कि भन्ने चिन्ता पनि मौलाएको छ । काम गर्नेहरु हराएका छन् । नगर्नेहरुलाई राजनैतिक चिन्तनको बोझले काम गर्ने वातावरण बन्न सकेको छैन । राजनैतिक अस्थिरताका कारण कुन बेला निर्वाचन घोषणा हुन्छ र टिकटका लाम लाग्न राजधानी जाने हो भन्ने चिन्ताको विषय अधिक जटिल र बोझिलो बनेका कारण पनि, दलहरु भित्रको सदाचारमा कमी आएको होकि भन्ने बेला पनि आए जस्तो लाग्छ । युवा नेताहरु पनि पाकापुस्ताकै शैलीमा गर्जन गर्न थालेको देख्दा त लाग्छ कि उमेरले भन्दा विचारले युवा हुनेहरुको संख्या अझै पनि कमी नै छ । त्यसकारण युवाका जोस, पाका पुस्ताका अनुभवलाई फ्यूजनका रुपमा अगाडि नबढाएसम्म हामी र हाम्रो देश अनि समग्र नेपालीहरुले चाहेको जस्तो विकासको परिकल्पना गर्नु बेकार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update