Shittalpati
बुटवल–पाल्पा सडक १५ दिन बन्द हुने

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द रहने भएको छ । बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक चौडा गर्न मंगलबारदेखि १५ दिनको लागि बाटो बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सूचना जारी गरी मंसिर २८ गते देखि पुस १३ गतेसम्म सडक बन्द गर्ने जनाएको छ । सडक चौडाको लागि बाटो बन्द गरी पहाड काट्नुपर्ने भएकाले सडक डिभिजन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालय पाल्पा बिच भएको छलफलबाट दैनिक राती ९ः३० बजेदेखि विहान ४ः०० बजेसम्मका लागि सडक बन्द गरिएको हो । सडक डिभिजन कार्यालयका अनुसार सो अवधीमा बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक बन्द हुने छ ।

यस्तै तानसेन–रिडी सडकखण्ड पनि दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो । जोर्ते भिर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामका लागि समयमै काम सम्पन्न गर्नको लागि निर्माण व्यवसायी प्रदीप/शाइन जेभीले यातायात बन्द गर्न आग्रह गरे बोमोजिम सडक डिभिजन कार्यालय पाल्पा, निर्माण व्यवसायी र जिल्ला प्रशासन बिचको छलफलबाट दैनिक बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्मका लागि सडक बन्द गरिएको हो । सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते–लुहुङ–चण्डीभनञ्याङ हुँदै बतासेडाडाँको बाईपास सडक प्रयोग गर्न समेत डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update