Shittalpati
काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता

पाल्पा, काँग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै ५७ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।

निर्वाचन समितिले तोकेको समयभित्र सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन् । नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ३४ पदका लागि ५ सय ४८ जनाले मनोनयन दर्ता गराएका थिए । पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घण्टा बढाएर १ बजेसम्म तोकेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update