Shittalpati
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी

कृष्ण पोखरेल
पाल्पा, नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् । विजयी भएका जिल्ला सभापति श्रेष्ठले ८९० मत प्राप्त गरे भने प्रतिद्धन्दी कृष्ण प्रसाद बस्यालले ३८१ मत प्राप्त गरी पराजित भए । यसै गरी सम्पूर्ण पदाधिकारी तथा जिल्ला सदस्यहरुमा पनि श्रेष्ठकै समूह विजयी भएका छन् । उपसभापतिमा ज्ञानबहादुर गाहा ७७३, झपेन्द्र प्रसाद गैरे ७५४ मत ल्याई विजयी भए भने प्रतिद्धन्दी बस्याल समूहका माधव प्रसाद नेपालले ५४३ र शंकर खनालले ३६४ मत ल्याई पराजित भए ।

यसैगरी सचिवमा श्रेष्ठ समूहकै सन्तोष कुमार थापाले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी भए भने, प्रतिद्धन्दी बस्याल समुहकै रमा पन्तले ४५५ र हुमनाथ न्यौपानेले ३८२ मत प्राप्त गरी पराजित भए । यसैगरी सह–सचिवमा श्रेष्ठ समूहबाट विष्णु कुमार थापा ७४३, हुमिद मियाले ६४१ मत ल्याई विजयी भए भने बस्याल समुहका खुम प्रसाद पोखरेल ३१३ र हरि बहादुर कार्की, २३१, स्वतन्त्ररुपमा भला विक्रम सिंहको ७९ र राजु पंगेनी २९१ मत प्राप्त गरे ।

यसैगरी खुला सदस्यमा खस आर्यमा २ पदको लागि श्रेष्ठ समूहकै लक्ष्मण बहादुर रायमाझी ७४२ सुर्य प्रसाद पोखरेलले ७१८ ल्याई विजयी भए भने बस्याल समूहका कृष्ण प्रसाद भट्टराई ३४० विष्णु प्रसाद भण्डारीले १९७ रामचन्द्र कोईरालाले २५४ मत ल्याई पराजित भए । २ पदको लागि खस आर्य महिलामा गिता खनाल र गिता गौतम निर्विरोध निर्वाचित भएका छन् ।
आदिवासी जनजाती खुलामा ५ पदको लागि भएको निर्वाचनमा अमिर बहादुर रानाले ९७८, कमल रानाले ९९४ गणेश प्रसाद श्रेष्ठ ८४६ युवराज चिदीले ८८६ राजकुमार श्रेष्ठ ८५१ मत ल्याई विजयी भए भने चेत बहादुर थापाले ५७१ मत ल्याई पराजित भए । आदिवासी जनजाती महिलातर्फ ४ पदको लागि ईन्दिरा राना, काजल सारु, मिना कुमारी श्रेष्ठ र सन्ध्या बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । दलित १ जना महिला र एक जना पुरुष गरी २ पदको लागि पुरुषमा अरुण कुमार रसाईली र टेक बहादुर वि.क. ले ७६९ मत ल्याई विजयी भए भने अरुण कुमार रसाईलीले ३८२ मत ल्याई पराजित भए, महिलामा तारा रसाईली निर्विरोध निर्वाचित भएकी छन् । अल्प संख्यकमा जंगन्नाथ कडेल निर्विरोध निर्वाचित भएका छन ।

जिल्लाका १० पालीकाबाट १२ पदको पुरुष सदस्यको लागि रम्भा, बगनासकाली र तानसेनमा निर्वाचन भएको छ । तानसेन नगरपालिकामा दुई पदको लागि पुरुषोत्तम अर्याल १४६, मोहन प्रसाद श्रेष्ठ १७५ मत ल्याई विजयी भए भने सुन्दर श्रेष्ठले ६० मत ल्याई पराजित भए । बगनासकालीमा मुक्तिराम बस्यालले ६८ मत ल्याई विजयी भए भने प्रकाश कुमार नेपालले ६० मत ल्याई पराजित भए । रम्भामा सुवी विश्वकर्माले ४९ मत ल्याई विजयी भए भने धातानन्द बस्यालले ३८ मत ल्याई पराजित भए । रामपुरमा वुद्धीप्रकाश रेग्मी, हिमाल श्रेष्ठ, पूर्वखोलाबाट ईन्द्रनारायण श्रेष्ठ, माथागढीबाट बालकृष्ण जि.सी., तिनाउबाट विष्णु प्रसाद पाण्डे, रिव्दिकोटबाट माधव थापा, रैनादेवीछहराबाट दान बहादुर पौडेल र निस्दीबाट टेक बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाका पालिका अन्तर्गत १० महिला पदको लागि तानसेनमा गिता भट्टराईले ११८ मत ल्याई विजयी भईन भने, सिता बस्नेतले ७४ मत ल्याई पराजित भईन । बगनासकालीमा ईन्दिरा भट्टराईले ६५ मत ल्याई विजयी भईन भने रञ्जना कुमारी अर्यालले ६१ मत ल्याई पराजित भईन । जिल्ला कमिटी महिला सदस्यमा निर्विरोध चयन हुनेमा रम्भाबाट डिला कुमारी रानाभाट, पुर्वखोलाबाट जयश्वरा बाह्रघरे, रामपुरबाट सावित्रा गौतम, निस्दीबाट सरस्वतीदेवी आचार्य, तिनाउबाट कमला कार्की, रिब्दिकोटबाट गिरिजा गैरे र रैनादेवी छहराबाट निर्मला पौडेल रहेका छन् । यसैगरी जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा हेमराज गैरे र प्रदेश महाधिवेशन प्रतिनिधिमा सिता पंगेनी निर्विरोध चयन भएका छन् । टोल, वडा र पालिकासम्म सहमतिबाट नेतृत्व चयन गरेको नेपाली काँग्रेस पाल्पाले प्रदेश र क्षेत्रगत निर्वाचनमा देउवा र पौडेल समुहले प्यानल बनाएर निर्वाचनमा लडेका थिए । निर्वाचित सभापति श्रेष्ठ र पराजित सभापतिका उम्मेदवार बस्याल केन्द्रिय महाधिवेशन प्रतिनिधीमा पौडेल समुहबाट निर्वाचित भएका हुन् । निर्वाचित सभापति श्रेष्ठलाई वर्तमान जिल्ला सभापति विर बहादुर रानाको समर्थन रहेको थियो भने, बस्याललाई पुर्व जिल्ला सभापति राजन पन्त र केन्द्रिय सदस्य हरि प्रसाद नेपालको समर्थन रहेको थियो ।

को हुन् सभापति श्रेष्ठ :

सभापतिमा निर्वाचित ४१ वर्षीय श्रेष्ठ विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका युवा हुन् । १३ वर्षको उमेरदेखि नेपाली काँग्रेसको राजनीतिमा लागेका उनी सबैका प्रिय युवा नेताका रुपमा परिचित छन् । वि.सं. २०५४ मा नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई सदस्य बनेका श्रेष्ठ, स्व.वि.यु सदस्य,का.वा इकाई सभापति,स्व.वि.यु.उपसभापति, नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका इकाई सभापति हुँदै २०६० मा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्व.वि.यु. सभापति भएका थिए । वि.सं. २०६१ मा नेविसंघ पाल्पाका जिल्ला सभापति भएका श्रेष्ठ नेविसंघ मनोनित केन्द्रिय सदस्य हुँदै वि.सं. २०६४ मा नेवि संघका निर्वाचित केन्द्रिय सदस्य बने । वि.सं. २०६४ मा नेपाली काँग्रेस पाल्पा जिल्ला सदस्य बनेका उनी वि.सं. २०७३ मा नेविसंघ केन्द्रिय महामन्त्रीका उम्मेदवार समेत बनेका थिए । २०७२ को १३ औं महाधिवेशनमा नेपाली काँग्रेस महासमिति सदस्य बनेका श्रेष्ठ विभिन्न समयमा गिरफ्तारीसँगै घाइते समेत बनेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update