Shittalpati
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा

कृष्ण पोखरेल

पाल्पा, नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा सहमतीबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि अन्तिम समयमा निर्वाचन भएको छ । शुक्रबार नेपाली काँग्रेस पाल्पाका १ हजार ३ सय ९० जना मतदाताले जिल्ला सभापती सहित ६८ सदस्यीय जिल्ला कमिटीको लागि मतदान गरेको छन् । टोल, वडा र पालिकासम्म सहमतिबाट नेतृत्व चयन गरेको नेपाली काँग्रेस पाल्पाले प्रदेश र क्षेत्रगत निर्वाचनमा देउवा र पौडेल समूहले प्यानल बनाएर निर्वाचनमा लडेका थिए । सभापतिका उम्मेद्वार कृष्णप्रसाद बस्याल र हिमाल श्रेष्ठ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल समूहबाट निर्वाचित भएका हुन् । सभापति उम्मेद्वार बस्याल र श्रेष्ठले एक अर्कालाई स्वीकार गर्न नसक्दा निर्वाचन भएको हो । जिल्ला सभापतिको लागि बस्याल र श्रेष्ठ विच कडा प्रतिस्पर्धा भएको छ । बस्याललाई यमलाल तिमिल्सीना, पूर्व जिल्ला सभापति राजन पन्त र केन्द्रीय सदस्य हरिप्रसाद नेपालको समर्थन र श्रेष्ठलाई वर्तमान जिल्ला सभापती वीरबहादुर रानाको समर्थन रहेको छ ।

जिल्ला सभापतिका दुवै उम्मेद्वारहरुले सोही आधारमा आ–आफ्नो समूह बनाएरै निर्वाचनमा होमिएका छन् । २ जना उपाध्यक्ष पदमा बस्याल समूहबाट माधवप्रसाद नेपाल र शंकर खनाल, श्रेष्ठ समूहबाट झपेन्द्रप्रसाद गैरे, ज्ञानबहादुर गाहा, २ सचिव पदका लागि बस्याल समूहबाट रमा पन्त र हुमनाथ न्यौपाने, श्रेष्ठ समूहबाट सन्तोषकुमार थापा र सुनिता अधिकारी, दुई सहसचिव पदको लागि बस्याल समूहबाट खुमप्रसाद पोखरेल र हरिबहादुर कार्की, श्रेष्ठ समूहबाट विष्णुकुमार थापा र हुमिद मिया, स्वतन्त्र रुपमा भला विक्रम सिंह र राजु पंगेनी निर्वाचनमा होमिएका छन् ।

यसैगरी खुला सदस्यमा खस आर्यमा २ पदको लागि कृष्णप्रसाद भट्टराई, विष्णुप्रसाद भण्डारी, रामचन्द्र कोईराला, लक्ष्मणबहादुर रायमाझी, र सूर्यप्रसाद पोखरेल, २ पदको लागि खस आर्य महिलामा गीता खनाल र गीता गौतम निर्विरोध निर्वाचित भएका छन् । आदिवासी जनजाती खुलामा ५ पदको लागि अमिरबहादुर राना, कमल राना, गणेशप्रसाद श्रेष्ठ, चेतबहादुर थापा, युवराज चिदी र राजकुमार श्रेष्ठ बिच प्रतिस्पर्धा भएको छ । आदिवासी जनजाती महिला तर्फ ४ पदको लागि इन्दिरा राना, काजल सारु, मिनाकुमारी श्रेष्ठ र सन्ध्या बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । दलित १ जना महिला र एक जना पुरूष गरी २ पदको लागि पुरूषमा अरुणकुमार रसाइली र टेकबहादुर विक बिच प्रतिस्पर्धा रहेको छ भने महिलामा तारा रसाइली निर्विरोध निर्वाचित भएकी छन् । अल्प संख्यकमा जंगन्नाथ कडेल निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाका १० पालिकाबाट १२ पदको लागि पुरुष सदस्यको लागि, रम्भा, बगनासकाली र तानसेनमा निर्वाचन भएको छ । तानसेन नगरपालिकामा दुई पदको लागि पुरुषोत्तम अर्याल, मोहनप्रसाद श्रेष्ठ र सुन्दर श्रेष्ठ, बगनासकालीमा प्रकाशकुमार नेपाल र मुक्तिराम बस्याल, रम्भामा धातानन्द बस्याल र सुवि विश्वकर्मा, विच प्रतिस्पर्धा भएको छ । रामपुरमा बुद्धिप्रकाश रेग्मी, हिमाल श्रेष्ठ, पूर्वखोलाबाट इन्द्रनारायण श्रेष्ठ, माथागढीबाट बालकृष्ण जिसी, तिनाउबाट विष्णुप्रसाद पाण्डे, रिब्दीकोटबाट माधव थापा, रैनादेवी छहराबाट दानबहादुर पौडेल र निस्दीबाट टेकबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाका पालिका अन्तर्गत १० महिला पदको लागि तानसेन र बगनासकालीमा निर्वाचन भएको छ भने अन्य ८ वटा पालिकामा निर्विरोध चयन भएका छन् । तानसेनमा गीता भट्टराई र सीता बस्नेत बगनासकालीमा रञ्जनाकुमारी अर्याल र ईन्दिरा भट्टराई बिच प्रतिस्पर्धा भएको छ । निर्विरोध चयन हुनेमा रम्भाबाट डिलाकुमारी रानाभाट, पूर्वखोलाबाट जयसरा बाह्रघरे, रामपुरबाट सावित्रा गौतम, निस्दीबाट सरस्वतीदेवी आचार्य, तिनाउबाट कमला कार्की, रिब्दीकोटबाट गिरिजा गैरे र रैनादेवी छहराबाट निर्मला पौडेल रहेका छन् । यसैगरी जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा हेमराज गैरे र प्रदेश महाधिवेशन प्रतिनिधिमा सीता पंगेनी निर्विरोध चयन भएका छन् । जिल्ला नेतृत्व हुत्याउन दुबै पक्ष बिच कर्डा प्रतिस्पर्धा देखिएको छ । जिल्ला सभापतिका उम्मेद्वार बस्याल र श्रेष्ठ विच हारजित हुँदा झिनो मतबाट हुने विश्लेषण नेपाली काँग्रेस पाल्पाका कार्यकर्ताले गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update