Shittalpati
यमलालको सर्मथनमा कृष्ण बस्यालको सभापतिमा उम्मेदवारी

पाल्पा, नेपाली काँग्रेस पाल्पाको १० औं जिल्ला अधिवेशनमा सभापति पदमा कृष्ण बस्यालले उम्मेद्वारी दिएका छन् । पार्टीका दिग्गज एवं पुराना नेता यमलाल तिमिल्सेनाको समर्थनमा बस्यालले सभापतिमा उम्मेद्वारी दिएका हुन् । नेपाली काँग्रेसका पुराना तथा दिग्गज नेताका रुपमा परिचित नेता यमलालले आफ्नो सर्मथनमा कृष्ण बस्यालको उम्मेद्वारी रहेको बताए । नेपाली कांग्रेस पाल्पालाई आगामी निर्वाचनमा सफल बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको बस्यालले बताए । पार्टीलाई सफल बनाउन कुशल रणनितिक योजना बनाउन सक्ने, कार्यकर्ताको मन जित्न सक्ने, निडर र साशाही नेताको रुपमा आफ्नो छवि बनाएका बस्यालले कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दिएका हुन् ।

बगनासकाली गाउँपालिका अध्यक्ष समेत रहेका बस्याल नेपाली कांग्रेस भित्र इमानदार,स्वच्छ र निष्पक्ष छवि भएका नेताको रुपमा चिनिएका छन् । सभापतिमा उम्मेदवारी दिएका उनले नेपाली कांग्रेस पाल्पालाई थप उचाइमा पुर्‍याउन र आगामी स्थानिय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । साथै उनले पार्टी पंंक्ति र कार्यकर्ताकोे मनोभावनाको कदर र सुभेक्षालाई नै पहिलो प्रथामिकता भएको बताए ।

आफ्नो उम्मेदवारी आफ्नो एकल निर्णय मात्रै नभएको भन्दै उनले पार्टीमा लामो समय काम गरेका दिग्गज ब्यक्तित्व यमलाल तिमिल्सेना लगायतको सर्मथन रहेको दावी गरे । पौडेल पक्षका पाल्पाका धरोहर यामलाल तिम्लिसेना लगायतको सर्मथन रहेकोले आफ्नो जित सुनिश्चित भएकाले सम्पुर्ण क्षेत्रीय प्रतिनिधिलाई मतदान गरि सहयोग गर्न अपिल समेत गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update