Shittalpati
पाल्पाबाट एमालेका १६ प्रतिनिधि निर्विरोध चयन

कृष्ण पोखरेल

तानसेन, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधीहरु निर्विरोध चयन भएका छन् । मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको लागि पाल्पा क्षेत्र नंं १ बाट झपेन्द्र बहादुर जि.सी., राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमल प्रसाद काफ्ले, कुविजा अर्याल, सरस्वती भट्टराई चयन भएका छन् ।

यसै गरी पाल्पा क्षेत्र नंं २ बाट अशोक कुमार शाही, राम बहादुर राउत, मोहन थापा मगर, ओम बहादुर घर्ति मगर, नविन थापा, नारायणी शर्मा, गिता पाण्डे चयन भएका छन् । यसैगरी ठाकुर लोहागुन र दिपक विश्वकर्मा पनि प्रतिनिधि चयन भएको पार्टी अध्यक्ष नारायण प्रसाद आचार्यले बताए ।

यसै गरी केन्दिय नेतृत्वमा रहेका ३ जना स्वतः महाधिवेशन प्रतिनिधी चयन भएका छन् । केन्द्रिय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रिय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे पाल्पाबाट स्वतः महाधिवेशन प्रतिनिधी चयन भएका हुन । यस अघि सम्पन्न भएको ८१ वडा र १० पालिकाहरुमा पनि एमालेले सहमतिमा नेतृत्व चयन गरिसकेको छ । केन्द्रिय महाधिवेशन पछि एमाले पाल्पाको जिल्ला अधिवेशन हुने छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update