Shittalpati
गुल्मीमा काँग्रेस महाधिवेशनको तयारी तीव्र

हाम्रा संवाददाता

गुल्मी, जिल्लामा नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश, संघीय निर्वाचन क्षेत्रको अधिवेशनको तयारी तीव्र पारिएको छ । मंसिर ३ गते प्रदेश र मंसिर ६ गते हुने संघीय निर्वाचनको अधिवेशनको तयारी तीव्र पारिएको हो ।

नेपाली काँग्रेस क्षेत्र नम्वर १ गुल्मीले अधिवेशनका लागि विभिन्न समिति समेत गठन गरेको छ । नेपाली काँग्रेस केन्द्रको निर्वाचन समितिले गरेको निर्णय अनुसार नै पूर्व निर्धारित समयमै अधिवेशन गर्न विभिन्न समिति गठन गरि तयारीलाई तीव्र पारिएको नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले जानकारी दिए । ढकालका अनुसार, प्रदेश क्षेत्र ‘क’ को लागि जुहांगको खैरेनी र संघीय क्षेत्र १ को क्षेत्रीय अधिवेशन धार्मिक रुरु क्षेत्रको रिडी बजारमा गर्ने निर्णय भएको छ ।

भव्य र सभ्य रुपमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रले तय गरेको प्रदेश, क्षेत्र र संघीय निर्वाचन क्षेत्र अन्र्तगत मंसीर ३ र ६ गते हुने महाधिवेशनका लागि नेपाली काँग्रेस क्षेत्र १ का सभापति पारिश्वर ढकालको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति र तयारीका लागि विभिन्न उपसमिति समेत चयन गरेको प्रचारप्रसार समितिको सचिवालयले जनाएको छ । मंसीर ३ गते प्रदेश ‘क’ को खैरैनीमा हुने प्रदेश अधिवेशनका लागि आर्थिक समितिको संयोजकमा जगदीश भट्टराई, मञ्च व्यवस्थापन समितिको संयोजकमा विरेन्द्र कार्कीलाई प्रदेश समितिको बैंठकले चयन गरेको नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सचिव सन्तोष गौतमले बताए ।

मंसीर ६ गते हुने संघीय निर्वाचन क्षेत्र १ को लागि मूल आयोजक समितिमा आर्थिक समितिका संयोजकमा श्रीप्रसाद भलामी, मञ्च व्यवस्थापन समितिको संयोजकमा अमूल्य श्रेष्ठ,स्वयं सेवक समितिको संयोजकमा राजेन्द्र बिक्रम राणा, प्रचार–प्रसार समितिको संयोजकमा जगदीश भट्टटराई, खाना तथा आवास समितिको संयोजकमा भेषराज कंडेललाई चयन गरेको छ । यस्तै क्षेत्र १ को प्रदेश ‘क’ र क्षेत्रीय अधिवेशनका लागि सुरक्षा, खाद्य तथा प्राथमिक उपचार व्यवस्थालाई व्यवस्थित गर्नका लागि स्थानीय, जिल्लाका सुरक्षा, स्वास्थ्य संस्था एवं समाजसेवी, जनप्रतिनधिीहरु संग समन्वय गर्ने कार्य समेत शुरु भएको प्रचार–प्रसार समितिले जनाएको छ । जिल्लाको क्षेत्र नं २ मा पनि अधिवेशनको तयारीलाई तीव्र पारिएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update