Shittalpati
विप्लवद्वारा नेपाल बन्दको घोषणा

पाल्पा,  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बन्द सहितको आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले बिहीबार एक विज्ञप्तिजारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । उसले कार्तिक २५ देखि ३० गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाले देशभर विरोध प्रदर्शन, मसाल जुलुस, चक्का जामदेखि नेपाल बन्द गर्नेसम्मको विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रम अनुसार २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ । अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने घोषणा विप्लव समूहले तय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update