Shittalpati
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने

काठमाडौं, नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।
१४औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न आन्तरिक तयारी र रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । काँग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने तयारी गरिरहेको छ । गत भदौ १८ देखि वडा अधिवेशन सुरु गरे पनि प्रदेश–२ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन सुरु नै भएको छैन् ।
यही कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ । यसअघि काँग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update