Shittalpati
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश

पुरन राजकोटी मगर

गुल्मी (ठूलोलुम्पेक), जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।

लामो समय अन्य पार्टीमा रहेर काम गरेहरु असन्तुष्टि हुँदै काँग्रेस प्रवेश गरेको काँग्रेसले जनाएको छ । प्रवेशीहरुलाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरिएको छ । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डां.चन्द्र भण्डारी ,कालीगण्डकी गाउँपालिका अध्यक्ष तथा महासमिति सदस्य बेदबहादुर थापा ,सत्यवती गाउँपालिका अध्यक्ष तथा नेका क्षेत्रीय सभापति पारेश्वर ढकाल, काँग्रेस नेताहरु झवी पाण्डे, धनेन्द्र कार्की, ओम बहादुर ठकुरी लगायतले स्वागत गरेका थिए ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै केन्द्रीय सदस्य डा. भण्डारीले हरेक जनताको दुखसुखमा नेपाली काँग्रेस रहेको भन्दै कोही पनि जनता विचल्लीत हुनु नपर्ने बताए ।

महासमिति सदस्य बेद बहादुर थापाले काँग्रेस बन्नको लागि होइन काँग्रेसमा केही गर्छु, भन्ने भावनाका व्यक्तिहरु जोडिन आएको बताए । काँग्रेसका क्षेत्रीय सभापति पारिश्वर ढकालले आम जनतालाई आर्थिक उपार्जनमा जोड्ने काम नेपाली काँग्रेसले गर्ने धारणा व्यक्त गरे । काँग्रेसमा सूर्य पुलामी,डम्बर पुलामी,सागर राजकोटी,दुर्गा थापा,बुद्ध थापा,मन बहादुर थापा,रोशन थापा,यम बहादुर थापा,नन्दु राजकोटी,मानकाजी राजकोटी,झमन पुलामी लोचन पुलामी,नेत्र पुलामी,शेर बहादुर पुलामी,कुमार पुलामी, निरज पुलामी,जीवन राजकोटी, मुक्त पुलामी, नरमा थापा, नर बहादुर पुलामी, हरि राजकोटी, गोपिराम फौजा, साम बहादुर थापा, चन्द्र बहादुर थापा, नरमाया थापा, यम बहादुर थापा, यम बहादुर थापा, मतिलाल फौजा, रेम बहादुर पुलामी, जित बहादुर पुलामी, दिल बहादुर फौजा, योगेश फौजा,भिम कलि पुलामी, लमन्ती पुलामी लगायतका व्यक्तिहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरु एमाले तथा अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका हुन् । वडा सभापति पहलमान फौंजा मगरको अध्यक्षता, क्षेत्रीय सचीव सन्तोष गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update