Shittalpati
पाल्पाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

कृष्ण पोखरेल

पाल्पा, नेकपा एमाले पाल्पाले १० वटै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कार्तिक ९ गते भएको प्रथमपालिका अधिवेशनबाट पाल्पाका १० वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो । रैनादेवी छहरा गाउँपालिकामा राम प्रसाद ज्ञवालीको नेतृत्वमा उपाध्यक्षमा दान बहादुर थामी, सचिवमा मानबहादुर थामी, उप–सचिवमा कर्णबहादुर कुमाल र सावित्रा पाण्डे सहित ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

यसैगरी रिब्दिकोट गाउँपालिकामा आशिष विश्वकर्माको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा भिमबहादुर सारु, सचिव दानबहादुर कुवँर, उप –सचिवमा तुल बहादुर जि.सी., र गोमा न्यौपाने, चयन भएका छन् । तानसेन नगरपालिकामा गुराँस आत्रेयको नेतृत्वमा उपाध्यक्ष शशि श्रेष्ठ, सचिव महेशलाल शाक्य, उप–सचिवमा मित्र लाल नेपाली र थानिसरा सोमै सहित ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । यसै गरी बगनासकाली गाउँपालिकाको अध्यक्षमा हरी पाठक उपाध्यक्षमा सरस्वती चिदी, सचिवमा ओम प्रकाश गैरे, उप–सचिवमा पदम थापा र गिता गैरे सहित ७१ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

तिनाउ गाउँपालिकामा प्रेम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । कमिटीको उपाध्यक्षमा रोमबहादुर लम्तरी, सचिवमा यादव प्रसाद अर्याल, उप–सचिव सावित्रा राना र लक्ष्मण कुमाल ६४ सदस्यीय गाउँ कमिटी निर्माण भएको छ । रम्भागाउँपालिकामा योगेन्द्र कुमार गैरेको अध्यक्षमा उपाध्यक्ष उमानसिंह सारु, सचिवमा विजय रानाभाट उप–सचिवमा सावित्रा सारु दिलबहादुर गाहा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । माथागढी गाउँपालिकामा तेजबहादुर घर्तिको अध्यक्षतामा उपाध्यक्ष शेर बहादुर वि.क. सचिवमा शंकर दर्लामी उप–सचिवमा हरि बहादुर घर्ति मगर र तुल्सा न्यौपाने सहित ६७ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

पूर्वखोलामा जीवन प्रसाद आचार्यको अध्यक्षतामा उपाध्यक्ष मानबहादुर सारु, सचिवमा तिर्थ सारु, उप –सचिवमा भगवती राना, मेकबहादुर राना सहित ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । निस्दी गाउँपालिकामा नरेश सुनारीको अध्यक्षतामा उपाध्यक्ष किरण श्रेष्ठ, सचिवमा मेखबहादुर सुनारी, उप–सचिवमा खुम बहादुर ढेंगा प्रेमबहादुर बाकाबल सहित ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । रामपुर नगरपालिकामा विष्णु प्रसाद रेग्मीको अध्यक्षतामा उपाध्यक्ष तोयनाथ सारु, सचिवमा कृतिनाथ श्रेष्ठ, उ–सचिवमा ईश्वरी खनाल र मिनबहादुर वंशी सहित ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । पालिकाहरुका सर्व सम्महत नेतृत्व चयन गर्न केन्द्रिय सदस्यहरु देखी जिल्लाका नेताहरु खटिएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update