Shittalpati
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –८ तालतुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीय नुरबहादुर सूर्यवंशी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

उनी घर नजिकैको जंगल छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सूर्यवंशी आफ्नै घरदेखि अन्दाजी ४ कि.मि.पश्चिम रहेको तालतुङ रानिबन सामुदायिक बनको गोरेटेको छेउमा कोल्टे परेको अवस्थामा मृत भेटिएका हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update