Shittalpati
पाल्पामा नेकपा एमाले वडा अधिवेशनको तयारी पुरा

पाल्पा, पाल्पामा भोली हुने नेकपा एमालेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पाल्पाका १० स्थानीय तहका ८१ वडाहरुमा अधिवेशनको तयारी पुरा गरेको हो ।

नेकपा एमालेको प्रमुख शक्तिको रुपमा रहेको पार्टी सदस्यहरुको सहभागीतामा वडा/पालिका अधिवेशन हुने छ । वडा अधिवेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत हुने छन् । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरी ५ जनाको पदाधिकारी निर्वाचित हुने छन् । वडा अधिवेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ/नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ । त्यस्तै दलित/महिला/जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको एमालेले जनाएको छ । निर्वाचनको केन्द्रीय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अधिवेशन सम्पन्न हुँदैछ । वडा अधिवेशनबाट कार्तिक ९ गते हुने पालिका अधिवेशनको लागि ५ जना पार्टी सदस्य बराबर १ जनाका दरले समावेशिताको आधारमा अधिवेशन प्रतिनिधी चयन गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update