Shittalpati
एमाले गुल्मीको वडा अधिवेशनको तयारी पुरा

गुल्मी, नेकपा एमाले गुल्मीको वडाअधिवेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ६ गते हुन लागेको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले बताए । जिल्लामा रहेका ९३ वटा वडामा एकैपटक वडाअधिवेशन हुँदैछ । वडा अधिवेशनका लागि चाहिने आवश्यक सम्पूर्ण निर्वाचन सामग्रीहरु सम्बन्धित ठाउँमा पठाई सकिएको विश्वकर्माले बताए ।

वडा अधिवेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत हुने छन् । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरी ५ जनाको पदाधिकारी निर्वाचित हुने छन् । वडा अधिवेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ/नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ । त्यस्तै दलित/महिला/जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको उपसचिव विश्वकर्माले बताए । अधिवेशनका लागि नेकपा एमालेका जिल्ला भर १० हजार १ सय ९५ जना संगठित सदस्य रहेका छन् । निर्वाचनको केन्द्रीय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अधिवेशन सम्पन्न हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update